काठमाडौं- क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत मंगलबार राति भएको खेलमा नेपाली स्पिनर सन्दीप लामिछानेले २ विकेट लिएका छन्।
सन्दीपले २ ओभर बलिङ गर्दै १२ रन खर्चेर २ महत्वपूर्ण विकेट लिएका हुन्। सन्दिपको २ विकेटसँगै उनको टोली सेन्ट किट्स एन्ड नेभीस प्याट्रियट्सले सेन्ट लुसिया स्टारर्सलाई ७ विकेटले पराजित गर्यो। स्टार्स १३ ओभर खेल्दै ६९ रनमा अलआउट भयो।
सन्दीपले आफ्नो तेस्रो बलमा डेविड वार्नरलाई १४ रनमा क्याचआउट गराए। उनकै दोस्रो ओभरको चौथो बलमा सर्वाधिक २४ रन बनाएका काइस अहमद स्टम्पिङ आउट भएका थिए । स्टार्सका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । सन्दीपको टोलीबाट सेल्डन कटरेलले ३ तथा महमुदुल्लाहले २ विकेट लिए।
जवाफमा प्याट्रियट्सले ८ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य प्राप्त गर्यो। डवोन थोमसले २१ बलमा नटआउट ३८ रन जोडेपछि जित सहज भयो। प्रतियोगितको ४ खेलमा सन्दीपको टोलीको यो दोस्रो जित हो । टोली अंक तालिकाको चौथो स्थानमा रहेको छ । सन्दीपले ४ खेलमा ७ विकेट लिएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४