सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

मनाइयो घण्टाकर्ण [फोटो फिचर]

प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने घण्टाकर्ण पर्व मंगलबार मनाएको छ। घण्टाकर्ण पर्वलाई मूलुकभरका नेवार समुदायले भने गठेमङ्गल पर्वका रुपमा मनाउने गर्दछन्।
 |  मंगलबार, साउन १०, २०७९
nespernesper

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

मंगलबार, साउन १०, २०७९

काठमाडौं- प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने घण्टाकर्ण पर्व मंगलबार मनाएको छ। घण्टाकर्ण पर्वलाई मूलुकभरका नेवार समुदायले भने गठेमङ्गल पर्वका रुपमा मनाउने गर्दछन्।

triton college

प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने घण्टाकर्ण पर्व मंगलबार मनाएको छ। घण्टाकर्ण पर्वलाई मूलुकभरका नेवार समुदायले भने गठेमङ्गल पर्वका रुपमा मनाउने गर्दछन्। यो पर्व नेवार समुदायले लुतो फाल्ने पर्वको रुपमा पनि मनाइन्छ। दोबाटो र चौबाटोमा नर्कटको तीनखुट्टे लिंगाकृति गठांमो ठड्याई भक्तपुर घण्टाकर्ण पर्व (गठांमो) मनाएको छ।

खेती किसानीको काम सकिएलगतै विशेष गरी नेवार समुदायमा पहिलो चाडका रूपमा श्रावण कृष्ण चतुर्दशीका दिन यो पर्व मनाइने गरिन्छ। घण्टाकर्णको दिन फलाम वा पित्तलको औंठी गठांमोमा छुवाएर लगाउने परम्परा छ। महिलाहरू रोपाइं सकिएको खुसियालीमा यसै दिन हातमा मेहेन्दी (लैंचा) लगाउने प्रचलन रहेको स्थानीयबासी बताउँछन्। बालबालिकाहरूले आफ्ना खेलौना पुतली गठांमोमा छुवाई घरमा लाने प्रचलन छ।


यस पर्वमा दोबाटो र चौबाटोमा दिनभर नर्कटको तीन खुट्टे गठांमो ठड्याई बटुवाहरूसँग बालबालिकाले ‘घण्टाकर्ण जगात दे’ भन्दै जगात अर्थात् कर माग्ने पनि परम्परा रहीआएको छ। दुवै कानमा घण्टा झुन्ड्याइएको भयानक मुखाकृत घण्टाकर्णको मखुण्डो र तलतिर एकापट्टि लिंग र अर्कोतर्फ योनीको चित्र राखिन्छ। घाम अस्ताएपछि दिनभरि ठड्याएको गठांमोलाई साँझपख तानेर नजिकको नदीमा विसर्जन गरिन्छ। त्यसपछि आ–आफ्ना घरबाट बौ: राखेर भूत पन्छाउने गरिन्छ। बौ: पन्छाई फर्केर घरको मूल ढोकाको ठेला (लुखाखरु) मा तीन खुट्टे फलामको किला ठोक्ने परम्परा रहेको छ।

Metro Mart
vianet

प्रकाशित: Jul 26, 2022| 19:20 मंगलबार, साउन १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।