आइतबार, साउन २४, २०८३

स्थानीय चुनावको लोकप्रिय मतमा कांग्रेस पहिलो : निर्वाचन आयोग

निर्वाचन आयोगले ३० वैशाखमा भएको स्थानीय तह निर्वाचन नेपाली कांग्रेसले लोकप्रिय मत पाएको जानकारी दिएको छ।
 |  मंगलबार, साउन १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १०, २०७९

काठमाडौं- निर्वाचन आयोगले ३० वैशाखमा भएको स्थानीय तह निर्वाचन नेपाली कांग्रेसले लोकप्रिय मत पाएको जानकारी दिएको छ। मंगलबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक मत विवरणमा आयोगले नेपाली कांग्रेसले एमालेभन्दा करिब एक लाख ४४ हजार ५९१ मत बढी ल्याएको जानकारी दिएको हो। 

आयोगले वडाध्यक्षले प्राप्त गरेको मतको आधारमा दलहरुको लोकप्रिय मतको गणना गरेको हो। आयोगको विवरण अनुसार नेपाली कांग्रेसले ३९ लाख ५६ हजार १९३ मत पाएको छ। नेकपा एमालेले ३८ लाख ११ हजार ६०२ मत पाएको आयोगले उल्लेख गरेको हो। 

आयोगका अनुसार नेकपा माओवादी केन्द्रले १५ लाख तीन हजार २४७ मत पाएको छ। जनता समाजवादी पार्टीले ५ लाख ७७ हजार ३८० मत ल्याउँदा नेकपा एकीकृत समाजवादीले ४ लाख २२ हजार ७३७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख ६४ हजार १६० मत पाएको छ।

कसले पाए कति मत?

प्रकाशित: Jul 26, 2022| 18:33 मंगलबार, साउन १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...