मंगलबार, असार २३, २०८३

सकियो टोकियो ओलम्पिक, चीनलाई पछि पार्दै अमेरिका बन्यो विजेता

टोकियो ओलम्पिक २०२० मा पछिल्ला केहि दिनदेखि शीर्षस्थानमा रहेको चीन अन्तिम दिन (अगस्त ८ मा) भने दोस्रो स्थानमा झरेको थियो।
 |  आइतबार, साउन २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन २४, २०७८

काठमाडौं– टोकियो ओलम्पिक २०२० मा पछिल्ला केहि दिनदेखि शीर्षस्थानमा रहेको चीन अन्तिम दिन (अगस्त ८ मा) भने दोस्रो स्थानमा झरेको थियो।

यता दोस्रो स्थानमा रहेर शीर्षस्थानको लागि प्रतिस्पर्धा गरिरहेको अमेरिकाले अन्ततः ३९ स्वर्ण जित्दै ओलम्पिकमा आफ्नो प्रभुत्व कायम गरेको छ।

अमेरिकाले सर्वाधिक जित निकालेको ओलम्पिक आज साँझ सम्पन्न भएको छ। जापानको टोकियोमा आयोजित ओलम्पिकमा अमेरिका पहिलो भयो भने चीन दोस्रो तथा जापान तेस्रो भएको छ।

ओलम्पिकमा अमेरिकाले ३९ स्वर्ण, ४१ रजत र ३३ काश्यका साथ शीर्षस्थान ओगटेको छ। उसले ११३ पदक जित्यो। दोस्रो भएको चीनले ३८ स्वर्णसहित ३२ रजत र १८ काश्य जित्यो।

त्यस्तै, आयोजक जापनाले २७ स्वर्णसहित १४ रजत र १७ काश्य जित्यो। त्यसबाहेक शीर्ष पाँतमा ब्रिटेन र रसियन ओलम्पिक कमिटी छन्। ब्रिटेनले २२ स्वर्णसहित ६५ पदक जित्यो भने रसियाले २० स्वर्णसहित ७१ पदक जित्यो।

शीर्ष १० मा पर्नेमा अष्ट्रेलिया, नेदरल्यान्ड, फ्रान्स, जर्मनी र इटाली छन्। अष्ट्रेलियाले १७ उपाधि जिते भने नेदरल्यान्ड, फ्रान्स, जर्मन र इटालीले समान १०–१० स्वर्ण जितेका छन्।

सम्पन्न ३२ औं गृष्मकालिन ओलम्पिक आइतबार दर्शकविहिन रंगशालामा आयोजित समापन समारोहसँग सकिएको हो। महामारीका बाबजुद पनि ओलम्पिकमा विश्वभरका २०६ देशको सहभागीता थियो।

ति देशका ११ हजारभन्दा धेरै खेलाडी जापान पुगेका थिए। नेपालका तर्फबाट सहभागी बनेका पाँच खेलाडी मध्ये तीन कल्पना परियार, एलेक्स साह र गौरिका सिंहले ओलम्पिकमा कीर्तिमान बनाएका थिए।

त्यसबाहेक सोनियाँ भट्ट र स्पिन्टर सरस्वति चोधरीको ओलम्पिक सम्झानलायक रहेन। अर्को संस्करणको गृष्मकालिन ओलम्पिक फ्रान्सको राजधानी पेरिसमा हुनेछ।

प्रकाशित: Aug 08, 2021| 18:57 आइतबार, साउन २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।