शनिबार, असार ६, २०८३

राष्ट्रपति भण्डारीद्वारा चार देशका लागि नेपाली राजदूत नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले चार देशका लागि नेपाली राजदूत नियुक्त गरेकी छन्।
 |  मंगलबार, साउन १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १०, २०७९

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले चार देशका लागि नेपाली राजदूत नियुक्त गरेकी छन्।

National life

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले डा. शर्मिला पराजुली (ढकाल)लाई स्पेनका लागि नेपालको आवासीय राजदूत, मिलनराज तुलाधारलाई रूसी महासंघका लागि नेपालको आवासीय राजदूत नियक्त गरेकी हुन्।

त्यस्तै, प्रा.डा. राम स्वार्थ रायलाई डेनमार्कका लागि नेपालको आवासीय राजदूत र गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूत डा. शंकर प्रसाद शर्मालाई भुटानका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै जानएको छ।


प्रकाशित: Jul 26, 2022| 12:57 मंगलबार, साउन १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...