बिहीबार, असार ३२, २०८३

आरिफको अर्धशतक : श्रीलंकालाई १ सय ९५ रनको लक्ष्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-आरिफ सेखको अर्धशतकीय पारीसँगै नेपालले श्रीलंका आर्मी स्पोर्ट्स क्लबलाई १ सय ९५ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ४८.४ ओभर मा सबै विकेट गुमाउदै १ सय ९४ रनको जोडेको थियो । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (बुधबार) श्रीलंका आर्मी स्पोर्ट्स क्लबसँग पहिलो अभ्यास खेल खेलेका हो । 

नेपालका लागी चौथो ब्याट्सम्यानका रुपमा मैदान छिरेका आरिफ सेखले नटआउट रहँदै अर्धशतकीय पारी खेले । आरिफले धरमराएको नेपाली ब्याटिङलाई उकास्ने प्रयास गरे । उनले सर्वाधिक ८९ रन जोडे । आरिफले ११८ बल खेल्दै ८९ रन जोडेका थिए । 

त्यस्तै आजका कप्तान ज्ञानेन्द्र मल्ल २१ रनमा आउट हुँदा, विनोद भण्डारी र बसन्त रेग्मीले समान १६–१६ रन जोडे । रोहित कुमार पौडेलले १२ तथा ओपनर सुवास खकुरेलले १० रन जोड्नबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । आज पनि नेपाली ब्याट्सम्यान त्यति चल्न सकेनन् । 

राष्ट्रिय टिमका नियमित कप्तान पारस खड्का र स्पिनर बलर सन्दिप लामिछाने भने मैदानमा थिएनन् । यतिखेर एसिया कप क्रिकेटको छनोट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम अभ्यासका लागि सोमबार नै श्रीलंका पुगेको थियो ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।