आइतबार, साउन २४, २०८३

जनार्दन प्रकरण : प्रहरी प्रयोगशालाको भिडियो हेर्दै संसदीय समिति

बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयको सिसीटिभी फुटेज गायब पारिएपछि प्रहरीको विद्युतीय विधि विज्ञान प्रयोगशालाबाट प्राप्त फुटेज सूक्ष्मा रूपमा समितिले हेर्ने भएको छ।
 |  मंगलबार, साउन १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १०, २०७९

काठमाडौं- आगामी आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर विषयको सिसीटिभी फुटेज संसदीय विशेष छानबिन समितिले हेर्न थालेको छ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले प्रहरीको प्रयोगशालाबाट प्राप्त सिसीटिभी फुटेजको विवरण अनुसन्धान अघि बढाएको हो।

बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयको सिसीटिभी फुटेज गायब पारिएपछि प्रहरीको विद्युतीय विधि विज्ञान प्रयोगशालाबाट प्राप्त फुटेज समितिले सूक्ष्म रूपमा हेर्न थालेको सदस्य सीताराम महतोले बताए।

प्रहरीको प्रयोगशालाले सोमबार सिलबन्दी गरेर सिसिटिभी फुटेजको विवरण समितिलाई बुझाएको थियो।

अर्थ मन्त्रालयले सिसिटीभी फुटेज १३ दिनसम्म मात्रै रहने दाबी गरेपछि त्यसलाई रिकभरी गर्न सकिने÷नसकिने निक्र्योलका निम्ति समितिले प्रहरीको विधि विज्ञान प्रयोगशालाको सहयोग मागेको हो।

तत्कालीन अर्थमन्त्री शर्मामाथि बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएर राजस्वका दर हेरफेर गरेको आरोप छ। समितिको बयानमा शर्माले उक्त आरोपलाई अस्वीकार गरिसकेका छन्।

प्रकाशित: Jul 26, 2022| 10:57 मंगलबार, साउन १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...