बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • निर्मला हत्याका चार वर्ष : डीएनए परीक्षणमै अल्झिएको अनुसन्धान, हात लाग्यो शून्य

निर्मला हत्याका चार वर्ष : डीएनए परीक्षणमै अल्झिएको अनुसन्धान, हात लाग्यो शून्य

पश्चिम नेपालको कञ्चनपुरमा चार वर्ष पहिले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्यारा अझै पत्ता लाग्न सकेको छैन। २०७५ साउन १० गते निर्मलाको बलात्कारपछि हत्या भएको थियो।
 |  मंगलबार, साउन १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १०, २०७९

काठमाडौं- पश्चिम नेपालको कञ्चनपुरमा चार वर्ष पहिले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्यारा अझै पत्ता लाग्न सकेको छैन। २०७५ साउन १० गते निर्मलाको बलात्कारपछि हत्या भएको थियो।

triton college

प्रहरीले विभिन्न ढंगबाट अनुसन्धान गर्दा चार वर्षा वित्दा पनि हत्याको गुथी केलाउन नसकेको हो। जसले गर्दा निर्मलाकी आमा दुर्गादेवीको न्याय पाउने आसा मरिसकेको छ।

'अब दोषि पत्ता लाग्ने आसा मरिसक्यो। छोरीको हत्या भएको चार वर्ष भयो। अहिलेसम्म अनुसन्धानमा प्रहरी पूर्ण असफल देखिएको छ। यस्तो अवस्थामा के न्यायको आसा गर्नु,' दुर्गादेवीले भनिनन्। उनले न्याय नपाउँदा र चिन्ताले आफू नसाको बिरामी भएको बताएकी छन्।

उनीहरूलाई घटनाले झस्काइरहन्छ। सुरुको दिनबाट न्याय नपाउँदा तेर्सिएका प्रश्न अहिले पनि उसैगरी तेर्सिरहेका हुन्छन्। र, उनीहरूको घाउलाई बारम्बार बल्झाइरहेका हुन्छन्। न दुर्गासँग कुनै नयाँ उत्तर हुन्छ, न त उनका श्रीमान् यज्ञराजसँग नै। निर्मलाका परिवारलाई अपराधि सरकारबाटै संरक्षीत भएको भान भइरहेको छ।

'घटनाबारे सबै जानकार छन्। घटनाको सबै विवरण सबैलाई थाहा छ। जुनसुकै सरकार आए पनि अनुसन्धानले गति लिँदैन। त्यसैले अपराधि सरकारबाटै संरक्षीत भएको प्रस्ट हुन्छ। अब हामीहरूले न्याय पाउने आसा मारिसक्यौं,' दुर्गादेवीले भनिन्।

corrent noodles
Metro Mart

प्रहरीले पनि घटनाको अनुसन्धानका लागि थुप्रै छानबिन समिति बनायो। विभिन्न ढंगबाट अनुसन्धान गर्दा पनि प्रहरी अहिलेसम्म कुनै ठोस निष्कर्षमा पुग्न सकेको छैन। र, प्रहरीले नयाँ कोणबाट अनुसन्धान थालिएको बताउँदै आएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक श्याम चौधरीले घटनाबारे नयाँ ढंगले अनुसन्धान थालिएको बताए। 'हामीले निरन्तर घटनाबारे अनुसन्धान गरिरहेका छौं। अहिलेसम्म ६३५ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेका छौं। लागूऔषध प्रयोगकर्ता पनि अनुसन्धानको घेरामा छन्,' उनी भन्छन्। उनले शंकास्पद तीन जनाको डीएनए परिक्षणका लागि रगत पठाइएको र रिपोर्ट आउन बाँकी रहेको बताए।

आफू निरन्तर अनुसन्धानमै रहेकाले अपराधि पक्राउ पर्नेमा विश्वस्त हुन चौधरीको आग्रह छ। यसअघि पनि प्रहरीले १०७ जनाको डीएनए परीक्षण गरिसकेको छ। तर, कुनै क्लु फेला पार्न सकेन।

कञ्चनपुर प्रहरी, केन्द्रीय अनुसन्धान विभाग, महानगरीय अपराध महाशाखा, राष्ट्रिय अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय कार्यालयबाट पनि विभिन्न समिति बनाएर अनुसन्धान गरे पनि सफलता हात पार्न प्रहरी असफल नै रह्यो। अपराधीको पहिचान गर्नमा यी सबै समिति र अनुसन्धान अधिकृत असफल रहे।

यस्तो थियो घटना

कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर-२ उल्टाखाममा २०७५ साल साउन १० गते १३ वर्षीया बालिका निर्मला पन्त एकाएक हराएकी थिइन्।

साथी रोशनी बमको घरमा गृहकार्य गर्न गएकी निर्मला साँझ अबेरसम्म पनि घर नआएपछि परिवारले उनको खोजी थालेको थियो। परिवारले प्रहरीलाई खबर गर्‍यो। साउन १० गते राति २ बजेसम्म पनि निर्मलाकी आमा दुर्गादेवी पन्त प्रहरी कार्यालयमै गएर छोरी खोजिदिन प्रहरीलाई आग्रह गरेकी थिइन्। तर प्रहरीले ‘भोलि बिहान उज्यालो भएपछि खोजबिन गर्ने’ भन्दै पन्छाइदिएको पीडित पक्षको आरोप थियो।

दुर्गादेवी आफैले गाउँलेसँग मिलेर विभिन्न स्थानमा छोरीको खोजी गरे पनि उनले भेट्न सकिनन्। दुर्गादेवी छोरीको खोजी गर्दै निर्मलाकी साथी रोशनी बमको घरमा पनि पुगेकी पुगेकी थिइन्। रोशनीले निर्मला त्यसअघि नै ‘अम्बा लिएर गइसकेको’ भनेपछि उनी फर्किएकी थिइन्। श्रीमान‍्ले अर्को विवाह गरेपछि दुर्गादेवी छोरी निर्मलासँग बस्दै आएकी थिइन्।

त्यसको भोलिपल्ट साउन ११ गते गाउँलेसँगै छोरीको खोजी गर्दा निर्मलाको घर र रोशनी बमको घरको बाटोमा पर्ने उखुबारीमा निर्मलाको शव फेला परेको थियो। कपडा खोलिएको अवस्थामा उनको शव फेला परेको थियो। त्यसपछि बलात्कारपछि हत्या भएको भन्दै स्थानीयले दोषी पत्ता लगाउन माग गर्दै आन्दोलन गरे।

शव भेटिएको २ दिनमा पोष्टमार्टम रिपोर्ट आयो। रिपोर्टले निर्मलाको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको देखायो। त्यसपछि आन्दोलन झनै चर्कियो। आन्दोलन देशव्यापी बन्यो।

साउन १४ गते विभिन्न राजनीतिक दलका प्रतिनिधिको रोहबरमा प्रहरीले अपराधी पत्ता लगाई चाँडै नै सार्वजनिक गर्ने लिखित प्रतिबद्धता जनाएपछि परिवारले निर्मलाको शव बुझे र दाहसंस्कार गरे।

प्रहरीले लिखित प्रतिबद्धता जनाएको एक सातासम्म पनि अपराधी पत्ता नलागेपछि साउनेको तेस्रो साताबाट फेरि आन्दोलन सुरु भयो।

यतिबेलाको आन्दोलन अपराधी पत्ता लगाउनको दबाब भन्दा पनि प्रहरी प्रमुख र अनुसन्धान अधिकृत परिवर्तनका लागि सुरु भयो। पहिलो दिनको प्रहरी रवैयाको कारण घटनामा प्रहरीकै संलग्नता वा अपराधी भीआईपी भएको कारणले प्रहरीले बचाउन चाहेको भन्दै स्थानीयको आन्दोलन प्रहरीमाथि खनिन थाल्यो। यो घटनामा कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट आफै वा उनको छोरा र आफन्तको संलग्नता भएको भन्दै आन्दोलन उनीहरुमाथि छानबिन र कारबाही गर्नुपर्ने मागमा केन्द्रित बन्यो।

आन्दोलन उग्र बन्दै गएपछि प्रहरीले गोली चलाउँदा स्थानीय १५ वर्षीय किशोर सन्नी खुन्नाको ज्यानसमेत गयो।

प्रहरीको छानबिनमा स्थानीयले चित्त नबुझाएपछि कञ्चनपुर प्रहरी प्रमुख र अनुसन्धान अधिकृतलाई बर्खास्त गर्नुपर्ने मागसमेत आयो। स्थानीय प्रहरी नेतृत्वप्रति स्थानीयको विश्वास गुमेपछि सरकारले भदौ ७ गते कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार खड्का, एसपी डिल्लीराज विष्ट र डीएसपी ज्ञानबहादुर सेठीलाई फिर्ता बोलाएर उनीहरूको स्थानमा अन्य अधिकारी तथा अधिकृतलाई पठायो।

निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा जब प्रहरीले स्थानीय दिलिपसिंह विष्टलाई अपराधी करार गराउन खोज्यो, त्यसपछि घटना र आन्दोलनले अर्कै मोड लियो। स्थानीय बासिन्दाले मानसिक सन्तुलन गुमाएको व्यक्ति भएको र घटनामा विष्टको संलग्नता हुनै नसक्ने भन्दै प्रहरीले भीआईपी अपराधी जोगाउन विष्टलाई बलीको बोको बनाएको जिकिर गरे।

प्रहरीले भदौ ४ गते स्थानीय दिलिपसिंह विष्टलाई सार्वजनिक गर्दै घटनामा विष्टको संलग्नता रहेको र विष्टले अपराध कबुल गरेको भन्दै सार्वजनिक गरेको थियो।

त्यसपछि आन्दोलनले झनै चर्को रूप लियो। तर विष्टको डीएनए परीक्षण गर्दा उनको संलग्नता नदेखिएको पाइएपछि उनी छुटे। पछि विष्टले सञ्चारमाध्यमसँग कुराकानी गर्दै प्रहरीले कुटपिट गरेर अपराध कबुल गर्न लगाएको बताएका थिए।

प्रहरी तथा प्रमुख जिल्ला अधिकारीको टिम नै परिवर्तन गरे पनि यो घटनामा प्रहरीले कुनै सफलता भने पाउन सकेको थिएन। अहिले पनि प्रहरीले अनुसन्धान गरिरहेको भए पनि कुनै सुराक भेटाउन सकेको छैन।

प्रकाशित: Jul 26, 2022| 09:20 मंगलबार, साउन १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।