शुक्रबार, मंसिर १४, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

साख फर्काउने ध्याउन्‍नमा रोनाल्डो

खेल जीवनको सुरुआतमा कैयौं उतारचढावका बीच पनि आफ्नो करियर सम्झनलायक बनाएका रोनाल्डोको पछिल्लो समय व्यावसायिक फुटबल करियर अन्योलमा परेपछि ठूला प्रतियोगिता जितेर पुनः साख फर्काउने योजनामा छन्।
 |  मंगलबार, साउन १०, २०७९
nespernesper

शिशिर बस्नेत

शिशिर बस्नेत

मंगलबार, साउन १०, २०७९

काठमाडौ– क्रिस्टियानो रोनाल्डो फुटबल क्षेत्रमा ठूलो नाम हो। पाँच वालोन डी ओर र च्याम्पपियन्स लिग, एक युरो कप तथा कयांै अवार्ड जितेका रोनाल्डो एक सफल खेलाडी पनि हुन्।

himalayan bank box

अघिल्लो सिजन इटालियन क्लब युभेन्ट्सबाट आफ्नो पुरानो क्लब म्यानचेस्टर फर्किएका उनको युनाइटेड बसाइँ पहिलेजस्तो हुन सकेन। उनको टिमले प्रिमियर लिगमा राम्रो प्रदर्शन गर्न नसक्दा शीर्ष चारमा रहन सकेन। यसले गर्दा युनाइटेडले यस पटकको च्याम्पियन्स लिग गुमाएको छ।

तर ३७ वर्षे फुटबल स्टार रोनाल्डो अझै पनि ठूला प्रतियोगिता खेल्न, गोल गर्न र उपाधि जित्न भोका छन्। करियरको लगभग अन्त्यतिर आएका रोनाल्डो अझै पनि ठूला प्रतियोगिता खेल्दै कीर्तिीमान कायम गर्ने लक्ष्यमा छन्। 

रोनाल्डो युनाइटेड छाड्ने निर्णयमा पुगिसकेका छन् र उनी फेरि पनि क्लब परिवर्तन गर्न चाहन्छन्। युनाइटेडको टिममा नयाँ प्रशिक्षकको आगमन भइसकेको छ। उनी टिमलाई पुनर्निर्माण गर्दै बलियो टिम बनाउने लक्ष्यमा छन् तर रोनाल्डो उक्त टिमको हिस्सा बन्न चाहँदैनन्। अहिले टोली प्रशिक्षणमा व्यस्त हुनुका साथै प्रि–सिजनका खेल पनि खेलिरहेको छ। तर रोनाल्डोको कुनै पनि अत्तोपत्तो छैन। उनी प्रशिक्षणमा पनि सहभागी छैनन्।

यसबाट पनि के अनुमान लगाउन सकिन्छ भने उनी युनाइटेडमा रहन चाहँदैनन्। क्लबमा नयाँ प्रशिक्षक एरिक टेग ह्याजभने रोनाल्डोलाई जसरी पनि टिममा राख्ने प्रयासमा छन्। रोनाल्डोका लागि उनी आफ्नो रणनीति परिवर्तन गर्नसमेत तयार छन्। प्रशिक्षक टेनले मिडियासँग कुरा गर्दै रोनाल्डो टिमको ठूलो हिस्सा रहने बताउँदै आएका छन्। उनी भन्छन्, ‘रोनाल्डो हाम्रो टिमको हिस्सा रहनेछन्। उनी मेरो मुख्य योजनाका खेलाडी हुन्। उनी क्लब नछाडी हामी सँगै रहेर खेल्नेछन्। टिमलाई रोनाल्डोको आवश्यकता छ। यो कुरा उनले बुझेका छन्। मेरो मुख्य प्राथमिकता भनेको उनलाई क्लबमै राखेर बलियो टिम बनाउनु हो। त्यसैले म चाहन्छु, उनी चाडै क्लबमा फर्किनेछन्।’

Metro Mart
vianet

प्रशिक्षक टेन अझै पनि बारम्बार रोनाल्डो बिक्रीका लागि नभएका बताउँदै आएका छन्। यसअघिको सिजनमा युनाइटेड प्रिमियर लिग तालिकाको दोस्रो स्थानमा रहेको थियो। त्यसपछि क्लबमा रोनाल्डोको पुनः आगमन भयो। रोनाल्डो क्लबमा अनुबन्ध भएसँगै क्लबले उनलाई सहज हुने गरी रणनीति परिवर्तन ग¥यो। यसले गर्दा रोनाल्डोलाई केही सहज भयो।

रोनाल्डो गत सिजन क्लबका शीर्ष गोलकर्तासमेत बने। तर उनको व्यक्तिगत प्रदर्शन उच्च रहे पनि टिमका अन्य खेलाडी तथा क्लबले राम्रो प्रदर्शन गर्न सकेन। उनी क्लबमा रहँदा अन्य अग्र भागका खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्। युनाइटेडले शून्य उपाधिमै सिजनको समाप्ति गर्न बाध्य भयो, जुन युनाइटेडको इतिहासकै खराब वर्षमध्येको बन्न पुग्यो।

खेल जीवनको सुरुआतमा कैयौं उतारचढावका बीच पनि आफ्नो करियर सम्झनलायक बनाएका रोनाल्डोको पछिल्लो समय व्यावसायिक फुटबल करियर अन्योलमा परेपछि ठूला प्रतियोगिता जितेर पुनः साख फर्काउने योजनामा छन्।

उनको करियर अहिले एकाएक अनिश्चित भएको छ। खेल जीवनको सुरुआतमा कठिनाइ तथा कयौं उतारचढावका बीच पनि उनले आफ्नो करियर सम्झनलायक बनाए। तर करियरको अन्त्यतिर आइपुग्दा उनको व्यावसायिक फुटबल करियरमा अन्योल देखिएको छ। सफल खेल जीवन बिताएका रोनाल्डोका लागि समय फेरि उस्तै रहेन। कुनै समय सबै क्लबले चाहने रोनाल्डोलाई त्यो समय पनि उस्तै रहेन। उनलाई आफ्ना क्लबमा राख्नैपर्छ भन्ने कुरा युरोपका ठूला क्लबहरूलाई लागेन्। युनाइटेड छाड्ने मनसाय बनाएका रोनाल्डोलाई अब कहाँ जाने भन्ने प्रश्नले सताउन थालिसकेको छ। किनकि, उनलाई कुनै पनि क्लबले चासो दिइरहेको छैन। भर्खरै मात्र उनलाई चेल्सी तथा वार्यन म्युनिखले अस्वीकार गरेको थियो।

जर्मन च्याम्पियन वार्यनका सीईओ ओलिभर काहनले रोनाल्डोलाई अनुबन्ध गर्ने कुनै योजना नभएको बताएका छन् । उनले भनेका छन्, ‘रोनाल्डो निकै माथिल्लो दर्जाका खेलाडी हुन्। साथै, उनी विश्व फुटबलकै महान् खेलाडी पनि हुन्। तर उनलाई अनुबन्ध गर्ने हाम्रो कुनै योजना छैन । म उनलाई खेलाडीका रूपमा मन पराउँछु। उनी वास्तवमै कति राम्रा खेलाडी हुन्, सबैलाई थाहा छ, तर प्रत्येक क्लबको एउटा आफ्नै फुटबल सोच हुन्छ । वायर्न र बुंडेसलिगा दुवैका लागि रोनाल्डोलाई अनुबन्ध गर्ने काम अहिले ठीक हुन्न।’

उनी आफ्नो पूर्वक्लब रियलमड्रिड फर्किने सम्भावना निकै कम छ। उनले ९ वर्ष रियलमा आफ्नो उत्कृष्ट खेल जीवन बिताए। ९ वर्षे अवधिमा उनले रियलमा कयौं कीर्तिमान तथा उपाधि जितेका थिए। तर रियलमड्रिडमा युवा फर्वार्ड तथा कप्तान करिम बेन्जेमाले रोनाल्डोको अभावको पूर्ति गरिरहेका छन्। साथै, रियलले यस पटकको च्याम्पियन्स लिग पनि जितेको छ। रोनाल्डोले सन् २०१८ मा रियल मड्रिड छाडेपछि यो क्लबको पहिलो च्याम्पियन्स लिग हो।

अबको गन्तव्य

रोनाल्डो अझै पनि च्याम्पियन्स लिग गुमाउन चाहँदैनन् तर अन्य क्लबले चासो नदेखाएपछि उनको भविष्य अन्योलमा परेको छ। प्रिमियर लिग सुरु हुन अब दुई साता मात्रै बाँकी छ तर रोनाल्डोलाई अनुबन्ध गर्ने कुनै क्लब आएका छैनन्।  अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार रोनाल्डो स्पेन आउन सक्ने पनि बताइएका छ। उनी एथ्लेटिको मड्रिड जान सक्ने विषयले चर्चा पाउन थालेको छ। तर यसअघि रियल मड्रिडमा रहँदा उनले गरेको व्यवहारले एथ्लेटिको मड्रिडका फ्यानहरूले उनलाई मन पराउँदैनन्।

यसले गर्दा उनलाई एथ्लेटिको खेल्न सहज हुने सम्भावना कम छ। एथ्लेटिकोबाहेक उनी आफ्नो पूर्वपोर्चुगिच क्लब स्पोर्टिङ क्लब फर्कन सक्ने पनि सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएका छन्। उनले यही क्लबबाट आफ्नो खेल करियरको सुरुआत गरेका थिए। स्पोर्टिङ क्लबले पनि उनलाई आफ्नो क्लबमा भित्र्याउन प्रयास गरिरहेको छ। तर अहिलेकै स्थितिमा रोनाल्डो त्यहाँ खेल्ने मनस्थितिमा छैनन्।

- समाचार एजेन्सीहरुको सहयोगमा


प्रकाशित: Jul 26, 2022| 07:26 मंगलबार, साउन १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।