बुधबार, वैशाख २६, २०८१
  • गृहपृष्ठ
  • समाज
  • दर्तावाल ठगको भव्य कार्यालय र २५० कर्मचारी, यस्तो छ 'अप्रेसन कल सेन्टर'को गुत्थी

दर्तावाल ठगको भव्य कार्यालय र २५० कर्मचारी, यस्तो छ 'अप्रेसन कल सेन्टर'को गुत्थी

‘शुरुमा हामीले 'नगर'मा कल सेन्टर सञ्चालन भइरहेको सूचना पाएका थियौं,' केसी भन्छन्, ‘बुटवलमा दीपनगर, सुख्खानगर, कालिकानगर, तामनगर, देवीनगरसहित धेरै 'नगर' भएका स्थान भएपछि पत्ता लगाउन कठिन नै थियो, तर पछि हामीले जानकीनगरमा रहेको पत्ता लगायौं।’
 |  सोमबार, साउन ९, २०७९

विनोद परियार

विनोद परियार

सोमबार, साउन ९, २०७९

बुटवल- भन्सारमा सामान आएको र चिठ्ठा परेको सूचनाका आधारमा ठगीमा परेको भनेर प्रहरीमा उजुरी पुग्ने क्रम पछिल्लो समय बढेको थियो। ह्वाटस्-एप र फेसबुक म्यासेन्जरमा सन्देश पठाएर आफूलाई ठगी गरिएको गुनासो गर्नेहरूमा तल्लोवर्गदेखि मध्यम र उच्च वर्गका समेत थिए। व्यापारी, संघसंस्थामा आबद्ध व्यक्तिहरू पनि भन्सारमा सामान आएकाले बैंकमा रकम समेत जम्मा गरिदिन्थे। यसरी ठगीका घटनामा वृद्धि हुँदै थियो। प्रहरीसम्म पुग्ने गुनासोमा पनि बढोत्तरी भएको थियो। 

triton college

एकै प्रकृतिका ठगीका उजुरी बढेपछि प्रहरीले यसलाई संवेदशील घटनाका रूपमा लिन थाल्यो। बिशेष गरि बुटवल आसपासमा हवाटसप र म्यासेजन्जर जस्ता विभिन्न एप्पसहरुबाट ठगी हुने गरेको उजुरी परेपछि इलाका प्रहरी कार्यालय बुटवलले विशेष निगरानी बढाउन थाल्यो। प्रविधिको दुरुपयोग गरेर कसरी भइरहेको छ भनेर कप्यूटरसँग सम्बन्धित शैक्षिक संस्था, कल सेन्टरहरुको निगरानी र खोजी गर्न तर्फ लाग्यो। 

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीका अनुसार सादा पोशाकमा खटिएको ५ जनाको टोलीलाई ठगीको गुत्थी पत्ता लगाउनका लागि परिचालन गरियो। टोलीले नै तिलोत्तमाको '...नगर'मा कल सेन्टर सञ्चालनमा रहेको पत्ता लगायो। तर तिलोत्तमामा थुप्रै ठाउँका पछाडि 'नगर' झुन्डिएको छ। यसले प्रहरीलाई ठेगाना पत्ता लगाउन केही सजिलो त भयो। तर कुन 'नगर' भन्ने पत्ता लगाउन थप समय लाग्यो। 

‘शुरुमा हामीले 'नगर'मा कल सेन्टर सञ्चालन भइरहेको सूचना पाएका थियौं,' केसी भन्छन्, ‘बुटवलमा दीपनगर, सुख्खानगर, कालिकानगर, तामनगर, देवीनगरसहित धेरै 'नगर' भएका स्थान भएपछि पत्ता लगाउन कठिन नै थियो, तर पछि हामीले जानकीनगरमा रहेको पत्ता लगायौं।’ 

उनका अनुसार तिलोत्तमा नगरपालिका-२ जानकीनगरस्थित पहिले नेपथ्य कलेज रहेको ५ तल्ले घरमा शंकास्पद गतिविधि हुने गरेको जानकारी पाएपछि उक्त घरको निगरानी बढाइएको थियो। ‘कुनै पनि बोर्ड विना रातीसम्म काम हुने। अश्लील शब्दमा गालीगलौज र हल्ला भइरहेको सुनिन्थ्यो। यसपछि हामीले आइतबार दिउँसो त्यहाँ छापा हानेका हौं,’ डीएसपी केसीले भने।  

corrent noodles
Metro Mart
‘शुरुमा हामीले 'नगर'मा कल सेन्टर सञ्चालन भइरहेको सूचना पाएका थियौं,' केसी भन्छन्, ‘बुटवलमा दीपनगर, सुख्खानगर, कालिकानगर, तामनगर, देवीनगरसहित धेरै 'नगर' भएका स्थान भएपछि पत्ता लगाउन कठिन नै थियो, तर पछि हामीले जानकीनगरमा रहेको पत्ता लगायौं।’ 

चार दिनको निगरानीपछि ब्लु स्काई सोलुसन (कल सेन्टर)मा प्रहरीले छापा हानिएको हो। '२ सय ५० जना कर्मचारी भएको उद्योगको न कुनै बोर्ड छ, न सुरक्षागार्ड,’ उनले अघि थपे, ‘तीन तलामा कप्युटर मात्रै छ। सुरक्षाको प्रबन्ध छैन। त्यहाँ पुगेपछि प्रहरीलाई गैरकानुनी काम हुने स्थान भएको आकलन गर्न गाह्रो भएन।' 

कल सेन्टरबाट विभिन्न बैंकिङ एप्स मार्फत निशुल्क ऋण दिने प्रलोभनमा पारेर पीडा दिने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको केसीले जानकारी दिएका छन्। प्रहरीका अनुसार उक्त कल सेन्टरमार्फत भारतीय नागरिकलाई पीडित बनाउने काम भएको हो। २०७८ फागुनमा कम्पनी रजिस्टारको कार्यालयमा दर्ता भएको 'ब्लु स्काई सोलुसन'ले ६ महिनादेखि तिलोत्तमामा कल सेन्टर सञ्चालन गरी संगठित ठगी थालेको हो। कानुनी परामर्श दिने, प्रतिलिपि अधिकारबारे जानकारी दिनेलगायतका काम गर्ने कम्पनीको प्रबन्धपत्रमा उद्देश्य राखेको छ। 

सिफ्ट अनुसार विभिन्न तहमा कल सेन्टरले कामदार राखेको प्रहरीले जनाएको छ। कार्यालयमै क्यान्टिन समेत सञ्चालन गरिएको छ। कामदारका रुपमा रहेकाहरु १६ देखि २३ वर्ष उमेर समूहका छन्। अधिकांश एसइई र प्लस टु अध्ययन गर्ने र केही स्नातक तहका विद्यार्थी हुन्। ‘बेरोजगारलाई मासिक १२ देखि ३० हजारसम्म तलब दिने गरी काममा लगाइएको पाईन्छ,' डिएसपी केसीले भने। 

प्रहरीले कल सेन्टरमा काम गर्ने २ सय ४० जनालाई निगरानीमा राखेको छ भने २ जनालाई मुख्य आरोपितका रुपमा ठगी मुद्दा चलाउने तयारी गरेको छ। प्रहरीले सोमबार ठगी कसुरमा मुख्य अभियुक्तका रुपमा भारत विहार प्रदेश गायविद्या पञ्चायत मचारी घर रहेका २५ वर्षीय जिसाद दबङ भन्ने निरञ्जन कुमार र दाङ घोराही उपमहानगरपालिका-१३ का ४० वर्षीय हिमाल बाठामगरलाई अदालतबाट २ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ। पिडितहरु भारतमा रहेकाले पीडितको उजुरी नभएपनि प्रहरीले अनलाइनमामार्फत गरेका संवादलाई प्रमाण मानेर मुद्दा चलाउने तयारी गरेको हो। 

प्रहरीले बैंकिङ एप्स मार्फत ऋणको प्रलोभनमा पारेर सर्वसाधारणलाई पीडित बनाएको आरोप लगाएको छ। प्रहरीले कार्यालयबाट कप्युटर मनिटर २ सय ५६ थान, सीपीयू २ सय ३६ थान, किबोर्ड २ सय ४५ थान, हेडफोन २ सय ९४ थान, माउस २ सय ३१ थान, ल्यापटप ६ थान, विभिन्न बैंकका चेक र नगद साढे चार लाख रुपैयाँ बरामद गरेको छ। 

तिलोत्तमा २ जानकीनगर रुरुपथस्थित प्रेमराज गुरुङको घरमा कल सेन्टरले मासिक ३ लाख २५ हजार भाढा तिरेर घर भाडामा लिएको थियो। 

फकाउने, धम्क्याउने, चरित्र हत्या र असुली

भारत र चिनियाँको लगानीमा सञ्चालन भएको आशंका गरिएको कल सेन्टरको मुख्य काम मोबाइल बैंक मार्फत ऋण प्रवाह गर्ने र त्यसबाट चर्को ब्याज असुल गर्ने रहेको देखिएको छ। कल सेन्टरको धन्दा नै मान्छे फकाउने, धम्क्याउने र ट्रयापमा पारेर पैसा असुल गर्ने रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। डिएसपी केसीका अनुसार कल सेन्टरले तीन तहका कर्मचारीमार्फत चर्को ब्याज लिने सम्झौता गराएर ऋण दिने गरेको पाइएको छ। 

प्रकाशित: Jul 25, 2022| 20:54 सोमबार, साउन ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।