शनिबार, मंसिर ६, २०८२

माल्दिभ्समाथि नेपालको सानदार जित

भारतको भुवनेश्वरमा आज सोमबार सुरु भएको साफ यु–२० च्याम्पियनसिप फुटबलमा नेपालले राम्रो सुरुवात गरेको छ।
 |  सोमबार, साउन ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ९, २०७९

काठमाडौं– भारतको भुवनेश्वरमा आज सोमबार सुरु भएको साफ यु–२० च्याम्पियनसिप फुटबलमा नेपालले राम्रो सुरुवात गरेको छ। पहिलो खेलमा माल्दिभ्सलाई ४–० ले हराउँदै नेपालले च्याम्पियनसिपमा बलियो दाबेदारी प्रस्तुत गरेको हो।

National life

भुवनेश्वरको कालिंगा रंगशालामा भएको उद्घाटन खेलमा नेपाललाई जित दिलाउन दीपेश गुरुङ, सुगम सुवाल, क्रितिशरत्न छुन्जु र मनग्य नकर्मीले गोल गरेका थिए।

दीपेशले नेपालका लागि पहिलो गोल गरेका थिए। कप्तान आयुष घलानको फ्रिकिक प्रहारमा आएको बललाई माल्दिभ्सका गोलकिपरले पन्च गरेपछि रिबाउन्डमा प्राप्त बललाई दीपेशले गोल परिणत गरेका थिए। लगत्तै नेपालले गोलअन्तर दोब्बर गर्ने मौका पाएको थियो। कप्तान आयुषलाई माल्दिभ्सका खेलाडीले पेनाल्टी बक्समा फाउल गरेपछि नेपालले पेनाल्टी पाएको थियो। मनग्यले इन्जुरी समयको चौथो मिनेटमा गोल गर्दै टोलीको जितलाई फराकिलो पारेका थिए। 

यसअघि नेपालले सुरुवाती दुई संंस्करण जित्दा पछिल्लो संस्करण भारतले जितेको थियो। नेपालले अर्को खेल बुधबार श्रीलंकासँग खेल्नेछ। त्यसैगरी साउन १५ गते आयोजक भारतको सामना गर्नेछ। राउन्ड रोविनको अन्तिम खेल नेपालले साउन १७ गते बंगलादेशसँग खेल्नेछ। सहभागी ५ टोलीको राउन्ड रोविनपछि शीर्ष २ टोलीले फाइनल खेल्नेछन् ।

प्रकाशित: Jul 25, 2022| 18:22 सोमबार, साउन ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।