सोमबार, साउन २५, २०८३

अबको दशक निर्माण र समुन्नतिको हुन्छ : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको दशक नेपाल निर्माण र नेपाल समुन्नतिको दशकको रुपमा अघि बढ्ने बताएका छन्।
 |  सोमबार, साउन ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ९, २०७९

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको दशक नेपाल निर्माण र नेपाल समुन्नतिको दशकको रुपमा अघि बढ्ने बताएका छन्। सोमबार ललितपुरमा नेपाल ललितकला संघले कला संस्कृतिको उत्थान विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

महामन्त्री शर्माले बदलिएको कांग्रेस र बलियो कांग्रेस बनाएर यो देशमा सबै भाषा, संस्कृतिको प्रगति गरेर सबै दललाई सँगै लैजानसक्ने समाज बनाएर जान कांग्रेस सक्षम रहेको दाबी गरे। नेपाललाई श्रीलंका नबन्ने बाटोमा, नेपाल देशलाई समुन्नतिको उचाईमा लैजाने बाटोमा पनि कांग्रेस पार्टी सक्षम रहेको उनको जिकिर थियो। 

महामन्त्री शर्माले कलाकार राष्ट्रका गहना नभई गौरव भएकोले यस्ता भनाइहरुमा पनि परिवर्तन गर्न आवश्यक रहेको बताएका थिए। नेपालले संसारसामु उच्च शिर राखेर समृद्धिको उचाई जित्न बाँकी रहेको भन्दै कला, संस्कृति र साहित्यले यसमा धेरै सहयोग पुग्ने विश्वास व्यक्त गरे। 

 ‘कलाकार राष्ट्रका गहना होइनन्, गौरव हुन्। गहना लगाइन्छ, बिक्री हुन्छ तर गौरव बिक्री हुँदैन। दैविक प्रकोपका कारण बाढीपहिरो गयो भन्छौँ। यो दैविक प्रकोप होइन, प्रकृतिको सही सदुपयोग गर्न नसकिएको हो। त्यसैगरी दैविक प्रकोप भन्ने जमाना भन्नेकुरा बदिलएजस्तै गहना भन्ने कुरामा पनि बदलाव गर्नुपर्छ,' उनले भने,' नेपाललाई श्रीलंका नबन्ने बाटोमा, नेपाल देशलाई समुन्नतिको उचाईमा लैजाने बाटोमा नेपाली काँग्रेस पार्टी सक्षम छ । बदलिएको काँग्रेस र बलियो काँग्रेस बनाएर यो देशमा सबै भाषा, संस्कृतिको प्रगति गरेर सबै दललाई सँगै लैजानसक्ने समाज हामी बनाएर जानेछौँ। अबको दशक नेपाल निर्माण र नेपाल समुन्नतिको दशकको रुपमा लैजानुपर्छ।’

महामन्त्री शर्माले अबका युवावर्गले बदलाको सोच नभई बदलिने सोच राख्न जरुरी रहेको उल्लेख गरेका थिए। 

प्रकाशित: Jul 25, 2022| 16:39 सोमबार, साउन ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...