शनिबार, मंसिर ६, २०८२

साफ जित्ने उत्साह बोकेर मैदान उत्रँदैछ नेपाली टोली

भारतमा आजदेखि साफ च्याम्पियनसिप प्रतियोगिता सुरु हुँदै छ। भारतको भुवनेश्वरमा सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र माल्दिभ्स आमुन्नेसामुन्ने हुनेछन्।
 |  सोमबार, साउन ९, २०७९

शिशिर बस्नेत

शिशिर बस्नेत

सोमबार, साउन ९, २०७९

काठमाडौं- भारतमा आजदेखि साफ च्याम्पियनसिप प्रतियोगिता सुरु हुँदै छ। भारतको भुवनेश्वरमा सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र माल्दिभ्स आमुन्नेसामुन्ने हुनेछन्।

National life

कोरोना महामारीका कारण केही वर्षपछि धकेलिएको प्रतियोगिता आज भव्यताका साथ सुरु हुने भएको हो। राउन्ड रोविन लिगका आधारमा हुने खेलमा सहभागी पाँच टोलीमध्ये शीर्ष दुई टोलीले अर्को हप्ताको शुक्रबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

नेपाली युवा टोली उच्च मनोबलका साथ उपाधि लिएर फर्किने लक्ष्यमा छ। करिब दुई महिनाको प्रशिक्षणपछि नेपाली टोली तयार भएको हो। समयका हिसाबले हेर्ने हो भने करिब दुई महिना भनेको निकै कम हो। तर, कम समय भए पनि नेपाली टोलीले धेरै राम्रो तयारी गरेको टिमको भनाइ छ।

प्रशिक्षणमा नेपाली टिमलाई नेतृत्व गरिरहेका छन्, अनुभवी खेल प्रशिक्षक मेघराज केसीले। उनलाई सहयोग गरिरहेका छन् बालगोपाल साहुखल र उज्ज्वल मानन्धरले।  नेपाली टिमले कम समयमै ठूलो प्रतियोगिता खेल्न लागेको हो। साफ सकिएपछि नेपालले बहराइनमा हुने एएफसी यू-२० एसियन कप छनोट खेल्नेछ।

यस पटक खेलाडी खुला छनोट प्रतिस्पर्धाबाट छानिएका छन्। छनोटका लागि नेपाली टोलीले देशैभरिबाट ७०० जना खेलाडी प्रशिक्षणमा आएका थिए। जसमा १० दिन लगाएर ४० जना खेलाडी छनोट गरिएको थियो। जसबाट पनि ३० जना खेलाडीलाई छनोट गरेर बन्द प्रशिक्षण गराइएको थियो। र, अन्तिममा २३ खेलाडी यू-२० नेपाली राष्ट्रिय टोलीका लागि छनोट भएका थिए।

Laxmi sunrise bank
kumari

नेपाली युवा फुटबल टोलीका मुख्य प्रशिक्षक केसीले साफ यु–२० च्याम्पियनसिपको उपाधि जित्ने दाबी गरेका छन्। च्याम्पियनसिप सुरु हुनुअघि भारतको भुवनेश्वरमा आइतबार आयोजित प्रिम्याच कन्फ्रेन्समा प्रशिक्षक केसीले नेपाली टोलीको तयारी पूरा भएको र उपाधि जित्नेमा आफू विश्वस्त रहेको बताए। करिब दुई महिनादेखि टोलीले तयारी थालेको र टोलीबाट धेरै अपेक्षा गरिएको उनले बताए। 

कोरोना महामारीका कारण पछिल्लो दुई वर्षदेखि उमेर समूहका प्रतियोगिता हुन सकेको थिएन। यसपटक खुला प्रतिस्पर्धाबाट खेलाडी छनोट गरिएको थियो। ‘नेपालमा मात्र नभई दक्षिण एसियामै उमेर समूहका खासै प्रतियोगिता भएको छैन। अन्य टोलीमा पनि थुप्रै परिवर्तन भएका कारण प्रतिद्वन्द्वीका विषयमा खासै जानकारी छैन। तर, हामी यहाँ जित्न आएका हौं,’ उनले भने।

त्यस्तै प्रशिक्षक केसी सबै खेलाडीको प्रदर्शन उच्च रहने विषयमा पनि निर्धक्क रहेको बताउँछन्।  समग्रमा टिम राम्रो भएको उनको भनाइ छ। सबै खेलाडी खेललाई लिएर उत्साहित देखिएको उनले बताए। खेलाडीहरूको मिहिनेत र उत्साहले राम्रो नतिजा आउनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ।

यो प्रतियोगिता र नेपाली टिम आफ्ना लागि मौका तथा चुनौती दुवै रहेको उनले बताए। नेपाली युवा टोलीका कप्तान आयुष घलान पनि नेपालले साफ जित्नेमा विश्वस्त देखिन्छन्।  उनी भन्छन्, ʻहाम्रो टोली प्रतियोगिताका लागि तयार रहेको छ। माल्दिभ्सविरुद्धको पहिलो खेलमा सकेसम्म ३ अंक जोड्ने उद्देश्य छ। हाम्रो अहिलेको लक्ष्य माल्दिभ्ससँगको खेलमा तीन अंक हासिल गर्नु हो र साफ च्याम्पियनसिपको फाइनलमा पुग्ने लक्ष्य छ।’

कप्तान आयुषले युवा टोलीको कप्तान हुन पाउनु आफ्ना लागि ठूलो अवसर भएको बताए। यस्तै कप्तान लानले टिमको तयारी राम्रो रहेको र टिममा सबै सकारात्मक रहेको उनको बुझाइ छ। 

नेपाली टोली

गोलरक्षक : ईश्वर गुरुङ, युनेश चौधरी र जियारथ शेख

डिफेन्डर : अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा र अभिषेक वाइबा

मिडफिल्डर : दीपेश गुरुङ, आशीष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिशरत्न छुन्जु, सुगम सुवाल, मनग्य नकर्मी र आयुष घलान

फरवार्ड : रोहित सुब्बा, निरञ्जन मल्ल र रोहन खड्गी

प्रकाशित: Jul 25, 2022| 15:05 सोमबार, साउन ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।