बार्सिलोनाले पेरिस सेन्ट जर्मेन (पिएसजी) को जनरमा परेका क्रोएसियाली मिडफिल्डर इभान राकिटिकको मुल्य तोकेको छ । बार्साले इभानको मुल्य १२५ मिलियन युरो तोकेको हो । यससँगै पिएसजीले आफ्नो टिम बलियो बनाउन चाहे ठुलो रकम तिर्नै पर्ने बाध्ये बनाएको छ ।
पिएसजीले इभान र सर्जीओ बसक्वेटलाई यसै हप्ता आफ्नो क्लबमा भित्राउन चाहेको बताएको थियो । ३० बर्षीय इभानका लागि बार्साले १२५ मिलियन युरोको मुल्य तोके पनि पिएसजी भने १०० मिलियन युरोको आशा गरिरहको छ ।
विश्वकपमा गरेको उनको प्रदर्शनले उनको मुल्य अझै बढाएको छ । उनले विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टिमलाई फाइनल सम्म पु¥याउन मद्दत पु¥याएका थिए । उनले क्रोएसिया राष्ट्रय टिमबाट यसै बर्ष मात्र ११ खेल खेले । २००७ मा राष्ट्रिय टिममा डेव्यु गरेका उनले हाल सम्म ९९ खेल खेली सकेका छन् ।
२००५ बाट व्यवसाहिक फुटबल खेल्न थालेका इभानले ला लिगाका मात्र ८ सिजन खेले । २०१४ मा सेभिल्ला बाट उनी बार्सिलोना पुगेका थिए । उनले हाल सम्म बार्साबाट लिगका मात्र १३५ खेल खेलेका छन् ।
गत सिजनको ला लिगामा उनले ३५ खेल खेलेका थिए । दुबै टोलीले ३१ अगष्ट सम्म यो फैसला गरि सक्नु पर्ने छ । किनकी ३१ अगष्टबाट ट्रान्सफर विन्डोज बन्द हुने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४