शनिबार, असार ६, २०८३

प्रेस युनियन पदाधिकारीमा कसले कति ल्याए मत?

सार्वजनिक विवरणअनुसार शिव लम्साल अध्यक्षमा विजयी भएका छन्। महासचिवमा उनकै प्यानलका दीलिप पौडेल विजयी भएका छन्। कोषाध्यक्षमा अनिता बिन्दु प्लानलका माधव धिताल विजयी भएका छन्।
 |  आइतबार, साउन ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन ८, २०७९

काठमाडौं- लोकतान्त्रिक पत्रकारहरूको संस्था नेपाल प्रेस युनियनमा नयाँ नेतृत्व चयनका लागि साउन ७ गते भएको निर्वाचनअन्तर्गत पदाधिकारीको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।

National life

सार्वजनिक विवरणअनुसार अनिता बिन्दुलाई पराजित गर्दै शिव लम्साल अध्यक्षमा विजयी भएका छन्। वरिष्ठ उपाध्यक्षमा लम्साल प्यानलका प्रेम केसीले सरोजराज अधिकारीलाई पराजित गरे। महासचिवमा पनि लम्साल प्यानलकै दीलिप पौडेलले बिन्दु प्यानलका जगन्नाथ दुलाललाई पछि पारे। कोषाध्यक्षमा अनिता बिन्दु प्लानलका माधव धितालले लम्साल प्यानलका रमेश वाग्लेलाई पराजित गरे। 

उपाध्यक्षमा नकुल अर्याल र भीष्मराज ओझा विजयी भएका छन्। राममणि दाहाल र शेखर रेग्मी पराजित भएका छन्। उपाध्यक्ष महिलामा सलोजा दाहालले कल्पना शर्मालाई पराजित गरेकी छिन्।

उपाध्यक्षहरूमा प्रदेश १ बाट डिल्लीराम खतिवडा, मधेशबाट अनिल कर्ण, बागमतीबाट डा मुरारी अधिकारी, गण्डकीबाट ऋषिकान्त पौडेल, लुम्बिनीबाट माधवप्रसाद अर्याल, कर्णालीबाट राजेन्द्र बहादुर कार्की, सुदुरपश्चिमबाट प्रेम चुनारा उपत्यकाबाट जीवन भण्डारी विजयी भए। 

उपमहासचिवमा खुलामा रवीन्द्र सुवेदी, युवराज गौतम र विष्णु खड्का विजयी भए। महिला उपमहासचिवमा दिलिपाश्री अधिकारी र सुलोचना गौतम विजयी भए।  समावेशीमा अभयकुमार राई विजयी बने। 

Shivam cement

खुला सचिवमा केदार दाहाल, तीर्थराज बस्नेत, भुवन शर्मा र खगेन्द्र भण्डारी विजयी हुँदा महिला सचिवमा मेनुका ढुंगाना, पुष्पा शर्मा र रेजिना गौतम विजयी बने। 

लालकुमार मुक्तान आदिवासी/जनजातिबाट सचिव बन्दा अजित तिवारी मधेशीबाट सचिव बने । यस्तै राजन रुचाल दलितबाट सचिव बन्दा पिछडिएको क्षेत्रबाट एलपी देवकोटा सचिवमा चुनिए। खस आर्यबाट युवराज रेग्मी सचिवमा चुनिँदा रेडियोबाट नरहरि सापकोटा छानिए। यस्तै छापाबाट राधा खनाल सचिव बनिन्। आदिवासी सचिवमा सहदेव चौधरी निर्विरोध भएका थिए। 

कसले पाए कति मत?

प्रकाशित: Jul 24, 2022| 22:17 आइतबार, साउन ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...