सोमबार, साउन २५, २०८३

राप्रपा नेपालले गाई चुनाव चिन्ह पाउने

सर्वोच्च अदालतले कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई गाई चुनाव चिन्ह प्रदान गर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ।
 |  आइतबार, साउन ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन ८, २०७९

काठमाडौं– सर्वोच्च अदालतले कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई गाई चुनाव चिन्ह प्रदान गर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीशद्वय आनन्द मोहन भट्टराई र कुमार चुँडालको संयुक्त इजलासले आज आइतबार सो आदेश दिएको हो। निर्वाचन आयोगले देशको राष्ट्रिय जनावर र हिन्दू धर्मसँग जोडिएको भन्दै गाई चुनाव चिन्ह दिन अस्वीकार गरेपछि राप्रपा नेपालका अध्यक्ष थापाले सर्वोच्चमा रिट हालेका थिए।

सर्वोच्चको आदेशपछि ट्विट गर्दै अध्यक्ष थापाले राप्रपा नेपालले न्याय पाएको बताएका छन्।

प्रकाशित: Jul 24, 2022| 19:13 आइतबार, साउन ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...