शनिबार, मंसिर ६, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • युवा टोलीका प्रशिक्षकले भने– यु-२० च्याम्पियनसिपको उपाधि जित्छौं

युवा टोलीका प्रशिक्षकले भने– यु-२० च्याम्पियनसिपको उपाधि जित्छौं

नेपाली युवा फुटबल टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले साफ यु–२० च्याम्पियनसिपको उपाधि जित्ने दाबी गरेका छन्।
 |  आइतबार, साउन ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन ८, २०७९

काठमाडौं– नेपाली युवा फुटबल टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले साफ यु–२० च्याम्पियनसिपको उपाधि जित्ने दाबी गरेका छन्। च्याम्पियनसिप सुरु हुनुअघि भारतको भुवनेश्वरमा आज आइतबार आयोजित प्रिम्याच कन्फ्रेन्समा प्रशिक्षक केसीले नेपाली टोलीको तयारी पूरा भएको र उपाधि जित्नेमा आफू विश्वस्त रहेको बताएका हुन्। 

National life

करिब दुई महिनादेखि टोलीले तयारी थालेको र टोलीबाट धेरै अपेक्षा गरिएको उनले बताए। कोरोना महामारीका कारण पछिल्लो दुई वर्षदेखि उमेर समूहका प्रतियोगिता हुन सकेको थिएन। यसपटक खुला प्रतिस्पर्धाबाट खेलाडी छनोट गरिएको थियो। ‘नेपालमा मात्र नभई दक्षिण एसियामै उमेर समूहका खासै प्रतियोगिता भएको छैन। अन्य टोलीमा पनि थुप्रै परिवर्तन भएका कारण प्रतिद्वन्द्वीका विषयमा खासै जानकारी छैन। तर हामी यहाँ जित्न आएका हौं,’ उनले भने।

त्यस्तै, कप्तान आयुष घलानले प्रतियोगिताका लागि टोली तयार रहेको बताए। प्रतियोगिताका लागि कडा प्रशिक्षण गरेको र ३ अंकका लागि खेल्ने कप्तान आयुषले बताए। प्रतियोगिताको पहिलो खेल नेपालले भोलि सोमबार माल्दिभ्ससँग खेल्नेछ। भुवनेश्वरको कालिंगा रंगशालामा खेल नेपाली समयअनुसार दिउँसो सवा ४ बजे हुनेछ।  

पत्रकार सम्मेलनमा माल्दिभ्सका प्रशिक्षक अहमद शाकिरले नेपाली युवा टोली आफ्ना लागि पनि नौलो रहेका कारण खेल्न कठिन हुने बताए। तर टोलीमा रहेका अधिकांश खेलाडी माल्दिभ्सको शीर्ष श्रेणीको लिग खेलिरहेका कारण नतिजा आफ्नो पक्षमा आउने उनको विश्वास छ। 

यसअघि १९ र १८ वर्षको उमेर समूहमा हुँदै आएको यस प्रतियोगिता यस पटक २० वर्ष मुनिको उमेर समूहमा हुन लागेको हो। यसअघि नेपालले सुरुवाती दुई संंस्करण जित्दा पछिल्लो संस्करण भारतले जितेको थियो। प्रतियोगितामा नेपालले दोस्रो खेल श्रीलंकासँग जुलाई २७ मा, भारतसँग जुलाई ३१ मा र बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ। राउण्ड रोविन लिगपछि तालिकाको शीर्ष दुई टोलीबीच अगस्ट ५ मा फाइनल खेल हुनेछ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 24, 2022| 16:46 आइतबार, साउन ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।