सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ मन्त्रालयको सीसीटीभी फुटेज नपाएपछि सिंहदरबार गेटको मगायो संसदीय समितिले

अर्थ मन्त्रालयको सीसीटीभी फुटेज नपाएपछि सिंहदरबार गेटको मगायो संसदीय समितिले

पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिले सिंहदरबार गेटको सीसीटीभी फुटेज मगाउने निर्णय गरेको छ। अर्थ मन्त्रालयको फुटेज नपाएपछि समितिले १४ जेठको सिंहदरबार प्रवेश गर्ने दुईवटा गेटको सीसीटीभी फुटेज मगाउने निर्णय गरेको हो।
 |  आइतबार, साउन ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन ८, २०७९

काठमाडौं– पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिले सिंहदरबार गेटको सीसीटीभी फुटेज मगाउने निर्णय गरेको छ। अर्थ मन्त्रालयको फुटेज नपाएपछि समितिले १४ जेठको सिंहदरबार प्रवेश गर्ने दुईवटा गेटको सीसीटीभी फुटेज मगाउने निर्णय गरेको हो।

आर्थिक वर्ष २०७९–०८० को बजेट निर्माणका क्रममा गत १४ जेठको मध्य राति अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराएर तत्कालीन अर्थमन्त्री शर्माले करको दर हेरफेर गरेको आरोप लागेको छ। यसबारे छानबिन गर्न संसद्ले विशेष समिति गठन गरेको छ।

समितिको आइतबार बसेको बैठकले सिंहदरबारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज मगाउने निर्णय गरेको हो। अर्थ मन्त्रालयले मन्त्रालयको सीसीटीभी फुटेज १३ दिनपछि आफैं मेटिने बताएपछि समितिले सिंहदरबार गेटको फुटेज मगाउने निर्णय गरेको हो। 

अनधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गरेको आरोपमाथि छानबिन गर्न संसदीय समिति गठन भएपछि शर्माले राजीनामा दिएका छन्। समितिलाई जवाफ दिनेक्रममा शर्माले आरोप अस्वीकार गरेका छन्।

छानबिन समितिमा एमालेबाट खगराज अधिकारी, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल र विमला विक, कांग्रेसबाट मानबहादुर विश्वकर्मा र सिताराम महता, माओवादीबाट देवप्रसाद गुरुङ र शक्ति बस्नेत, नेकपा एकीकृत समाजवादीबाट सरला यादव, जसपाबाट सुरेन्द्र यादव र लोसपाबाट लक्ष्मणलाल कर्ण छन्।

प्रकाशित: Jul 24, 2022| 16:05 आइतबार, साउन ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...