शनिबार, असार ६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • परराष्ट्र र सुरक्षा नीति सन्तुलित बनाउन राष्ट्रिय सहमति आवश्यक : नेता नेपाल

परराष्ट्र र सुरक्षा नीति सन्तुलित बनाउन राष्ट्रिय सहमति आवश्यक : नेता नेपाल

कुनै पनि किसिमको अतिवादमा नेपाल फस्न नहुनेमा नेता नेपालको जोड।
 |  आइतबार, साउन ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन ८, २०७९
National life
Shivam cement

काठमाडौं– सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सन्तुलित परराष्ट्र र सुरक्षा नीतिमा राष्ट्रिय सहमति हुनुपर्ने आवश्यकता औंल्याएका छन्। विश्वको भूराजनीतिक तनाव र नेपालको परिस्थितिबारे आइतबार काठमाडौंमा आयोजित बहस कार्यक्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन्। 

‘परराष्ट्र र सुरक्षा नीति दुवैमा राष्ट्रिय सहमति आवश्यक छ,’ अध्यक्ष नेपालले भने। अहिले अमेरिका र चीनले हतियारको होडबाजी गरेकाले यसबाट नेपाललाई पनि चिन्ता बढाएको उनको भनाइ छ।

हतियारको होडबाजी र युद्धले कुनै पनि समस्याको समाधान हुन नसक्ने नेता नेपालको धारणा छ। कुनै पनि किसिमको अतिवादमा नेपाल फस्न नहुनेमा नेता नेपालको जोड छ।

प्रकाशित: Jul 24, 2022| 15:17 आइतबार, साउन ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...