आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • समाजवादी केन्द्र बनाउने सहमति भइसक्यो, सबै क्षेत्रमा उम्मेदवार उठाउँछौँ : वर्षमान पुन

समाजवादी केन्द्र बनाउने सहमति भइसक्यो, सबै क्षेत्रमा उम्मेदवार उठाउँछौँ : वर्षमान पुन

‘१६५ निर्वाचन क्षेत्रमै उम्मेदवारी दिने हाम्रो तयारी छ। कांग्रेससँग आवश्यकताका आधारमा केही ठाउँमा तालमेल हुन सक्छ।’
 |  आइतबार, साउन ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन ८, २०७९

काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले समाजवादी केन्द्र गठन गर्ने सहमति भइसकेको बताएका छन्। आइतबार दिउँसो पत्रकारहरूसँग कुरा गर्दै पुनले यस्तो बताएका हुन्। उनले आगामी निर्वाचनमा सबै निर्वाचन क्षेत्रमा समाजवादी केन्द्रले उम्मेदवार उठाउने समेत बताएका हुन्। 

‘माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, बाबुराम भट्टराई र वामदेव गौतमबीच समाजवादी केन्द्र बनाउने सहमति भइसकेको छ,’ पुनले भने, ‘१६५ निर्वाचन क्षेत्रमै उम्मेदवारी दिने हाम्रो तयारी छ। कांग्रेससँग आवश्यकताका आधारमा केही ठाउँमा तालमेल हुन सक्छ।’

चुनावअघि दल नै एक हुने सम्भावना भने नभएको उनको भनाइ छ। समाजवादी मोर्चा बनेपछि देशमा मुख्य दुई राजनीतिक शक्ति हुने पुनको दाबी थियो। ‘परम्परागत शक्तिको नेतृत्व कांग्रेसले गर्छ। प्रगतिशील शक्तिको नेतृत्व समाजवादी मोर्चाले गर्छ,’ पुनले भने, ‘एमाले कता जाने भन्ने उसले निर्णय गर्ने कुरा हो।’

प्रकाशित: Jul 24, 2022| 15:13 आइतबार, साउन ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...