शनिबार, असार ६, २०८३

प्रेस युनियनको मतगणना जारी, अध्यक्षमा लम्साल अगाडि

नेपाल प्रेस युनियनको नवौं महाधिवेशन अन्तर्गत अध्यक्ष, पदाधिकारीहरु तथा केन्द्रीय सदस्यका लागि शनिबार भएको मतदानको आज मतगणना भइरहेको छ।
 |  आइतबार, साउन ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन ८, २०७९
National life
Shivam cement

काठमाडौं- नेपाल प्रेस युनियनको नवौं महाधिवेशन अन्तर्गत अध्यक्ष, पदाधिकारीहरु तथा केन्द्रीय सदस्यका लागि शनिबार भएको मतदानको आज मतगणना भइरहेको छ।
 
६ सय मतगणना हुँदा अध्यक्षमा शिव लम्सालको अग्रता छ। उनले ३१६ मत पाउँदा अध्यक्षमा अर्की उम्मेदवारबिन्दुले २७१ मत पाएकी छन्।

यस्तै उपाध्यक्ष खुलामा नकुल अर्यालले अग्रता बढाएका छन्। अर्यालले ३४२ मत पाएका छन्। रामजी दाहालले २५०, शेखर रेग्मीले १८१ र भीष्मराज ओझाले २८० मत पाएका छन् ।

एक उपाध्यक्ष र तीन जना सचिवसहित २० जनाभन्दा बढी केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन्।

समावेशी उपाध्यक्षमा दीपेन्द्र वान्तवा, थारु सचिवमा सहदेव चौधरी, अनलाइन सचिवमा छाया भण्डारी र टेलिभिजन सचिवमा अशोककुमार तिवारी निर्विरोध निर्वाचित भएका हुन्।

प्रकाशित: Jul 24, 2022| 09:47 आइतबार, साउन ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...