सोमबार, जेठ ४, २०८३

वर्षा हुँदा पाँचथर पांग्रेभिर सडकखण्ड जोखिमपूर्ण

राजमार्गभन्दा माथि जमिनको ठूलो भाग भत्किएर सडकभन्दा माथि थुप्रो लागेको छ। पहिरो झरेका समय सडकभन्दा माथिको जमिनको केही हिस्सामात्रै सडक पार गरेर बगेको थियो।
 |  आइतबार, साउन ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन ८, २०७९

पाँचथर- तीन वर्षअघि पहिरो झरेर करिब एक साता सडक अवरुद्ध भएको मेची राजमार्गको फाल्गुनन्द गाउँपालिका–३ स्थित पाङ्ग्रेभिर खण्ड वर्षा हुँदा जोखिमपूर्ण बन्ने गरेको छ।

National life

राजमार्गभन्दा माथि जमिनको ठूलो भाग भत्किएर सडकभन्दा माथि थुप्रो लागेको छ। पहिरो झरेका समय सडकभन्दा माथिको जमिनको केही हिस्सामात्रै सडक पार गरेर बगेको थियो। 

भत्किएको जमिनको बाँकी भाग व्यस्त सडकको माथिपट्टि रहँदा सवारी सञ्चालन जोखिमपूर्ण बनेको हो। निरन्तर वर्षा हुँदा लेदोसहित ढुङ्गा–माटो झर्ने गरेकाले सडक जोखिमपूर्ण बनेको सवारी चालकहरूले बताएका छन्। शुक्रबारमात्रै लेदोसहित ढुङ्गा–माटो सडकमा खस्दा मेची राजमार्ग केही समय अवरुद्ध भएको थियो।

पानी पर्नेबित्तिकै लेदोसहित साना–तिना ढुङ्गा र माटो सडकमा खस्ने गरेको छ। तीन वर्षअघि साउन पहिलो साता पहिरो झरेपछि भत्किएको सडकमा अहिले ठुल्ठूला खाल्डा परेका छन्। भत्किएको सडकमा सुस्तरी सवारी चलाउनुपर्ने यहाँ माथिबाट ढुङ्गा–माटो खस्ने क्रमले जोखिम बढाएको हो।

भत्किएको जमिनको सबै भाग पहिरो बनेर नखस्ने र जोखिमसमेत उत्तिकै हुने भएपछि सडक डिभिजन कार्यालय इलामले सडकको भित्तामा जालीसहितको पर्खाल लगाएको थियो। तर क्रमशः पहिरो झर्ने क्रमले पर्खाल छिचोलेर सडकसम्म ढुङ्गा–माटो खस्दा यो सडकखण्ड जोखिमपूर्ण बनेको हो।

शुक्रबार सडक अवरुद्ध बनेका समय उक्त स्थान पुगेका स्थानीयवासीसमेत रहेका संविधानसभा सदस्य अइन्द्रसुन्दर नेम्वाङले उक्त खण्ड पानी परेका समयमा जोखिमपूर्ण बन्ने गरेको बताए। पहिरो झरेर जोखिम हुनसक्ने तथा सडक अवरुद्ध हुन जाने अवस्थालाई ध्यान दिँदै सडक डिभिजन कार्यालय इलामले एउटा स्काभेटर उक्त स्थानमा तैनाथ अवस्थामा राखेको छ।

तीन वर्षअघि ठूलो पहिरो झरेर लामो समयसम्म सडक अवरुद्ध बनेपछि मेची राजमार्गको फाल्गुनन्द गाउँपालिका–३ गुम्बाडाँडाबाट फाल्गुनन्द–४ राँके बजारसम्म वैकल्पिक मार्ग निर्माण थालिएको थियो। गुम्बाडाँडाबाट निबुखोला हुँदै राँके जोड्ने उक्त मोटरबाटोको ट्र्याक खोल्ने कार्य पूरा भएपछि बजेट अभावका कारण काम रोकिएको छ।

मेची राजमार्ग अवरुद्ध बनेको समयमा बजेटको प्रबन्ध गरी ट्र्याक खोल्न थालिएता पनि राजमार्ग सञ्चालन भएपछि वैकल्पिक मार्गको स्तरोन्नतिकार्यलाई सरोकारवालाले भुलेको स्थानीयवासीको गुनासो छ। वैकल्पिक मार्गमा सवारी सञ्चालन सम्भव नभएपछि साना तथा ठूला सवारीका साधन जोखिम मोलेर मेची राजमार्गबाटै सञ्चालन भइरहेका छन्।    -रासस

प्रकाशित: Jul 24, 2022| 08:27 आइतबार, साउन ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।