जाकर्ता- इन्डोनेसियामा जारी १८ औं एसियन गेम्समा भारोत्तलोनलकी सन्जु चौधरीले तीन नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन्।
सन्जुले ५३ केजी तौल समूहमा जेठमा नेपालगन्जमा भएको एसियन गेम्सको छनोटमा बनाएको आफ्नै नामको कीर्तिमान भंग गरेकी हुन्। सन्जुले स्न्याचमा ७२ केजी भार वहन गरिन्।
क्लिन एन्ड जर्कमा ८६ गरी कुल १ सय ५८ केजी भार बहन गर्दै नयाँ कीर्तिमान कायम गरिन्। यसअघि स्न्याचमा ७१ केजी भार बहन र क्लिन एन्ड जर्कमा ८५ गरी कुल १ सय ५६ केजी भार बहन गर्दै नयाँ कीर्तिमान बनाएकी थिइन्।
१२ खेलाडीले सहभागिता जनाएको स्पर्धामा सन्जु पुछारमा रहिन्। यो विधामा फिलिपिन्सकी डियाज हिडियन २०७ केजी भार बहन गर्दै स्वर्ण जितिन्।
तुर्केमिनिस्तानकी शेर्मेटोभा क्रिस्टिना कुलमा २०६ केजी भार बहन गर्दै रजत तथा थाइल्यान्डकी खाम्वाओ सुरोधचना कुलमा २०१ केजी भार बहन गर्दै कास्य जित्न सफल भईन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४