रुकुमपश्चिम- रुकुमपश्चिमको मुसिकोट नगरपालिका–१ निपानेमा अन्दाजी ३५/४० वर्षीया महिलाको शव फेला परेको छ। ती महिलाको टाउकाको भाग सडेर अलग भएको प्रहरीले फेला पारेको थियो।
महिलाको पहिचान भने नखुलेको प्रहरी प्रमुख नायब उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिए।
उनका अनुसार शव जिल्ला अस्पताल सल्लेमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सोतीले जानकारी दिएका छन्।