सोमबार, साउन १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अंगीकृत नागरिकता विधेयक हाम्रै जोडबलमा पारित भयो : अध्यक्ष दाहाल

अंगीकृत नागरिकता विधेयक हाम्रै जोडबलमा पारित भयो : अध्यक्ष दाहाल

अंगीकृत नागरिकता विधेयक पारित भएपछि अब ६/७ नागरिकविहीन युवाले नागरिकता पाउने अध्यक्ष दाहालको दाबी।
 |  शनिबार, साउन ७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन ७, २०७९

काठमाडौं–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अंगीकृत नागरिकता विधेयक आफ्नै पार्टीको जोडबलमा पारित भएको दाबी गरेका छन्। विधेयक पारित भएपछि ६/७ नागरिकताविहीन युवाले नागरिकता पाउने उनले बताए। नागरिकतासम्बन्धी समस्या आफ्नै पार्टीले समाधान गरेको दाहालको दाबी छ।

सर्लाहीको बागमती नगरपालिका–८ मा आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको कार्यक्रममा सहभागी दाहालले भने, ‘झन्डै ६/७ लाख युवा नागरिकताविहीन भएको अवस्था थियो। यही मधेस प्रदेशमा आएर केही महिना पहिला भनेको थिएँ, अंगीकृत नागरिकता विधेयक पास गर्छाैं भनेर।’

शुक्रबार मात्रै संघीय संसदअन्तर्गत प्रतिनिधिसभाबाट नागरिकता विधेयक पारित भएको थियो।

प्रकाशित: Jul 23, 2022| 16:30 शनिबार, साउन ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।