सोमबार, साउन २५, २०८३

कार्यकर्तालाई गठबन्धनको डम्फु नबजाउन नेता नेपालको आग्रह

पार्टी नेता, कार्यकतालाई गठबन्धनको डम्फु बजाउने काम छाडेर संगठन बलियो बनाउने काममा जुट्न नेता नेपालको निर्देशन
 |  शनिबार, साउन ७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन ७, २०७९

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गठबन्धनको डम्फु मात्रै बजाएर नबस्न कार्यकर्तालाई निर्देशन दिएका छन्।

पार्टी निकट नेपाल तामाङ संघ समाजवादीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता नेपालले गठबन्धनको डम्फु बजाउने काम छाडेर पार्टी संगठन बलियो बनाउने काममा जुट्न नेता, कार्यकर्तासँग आग्रह गरेका हुन्। 

आगामी मंसिर पहिलो साता निर्वाचन घोषणा हुने बताउँदै गठबन्धनको राग नअलापी संगठन बलियो बनाउनुपर्ने उनको सुझाव छ। ‘हामीले स्थानीय तह निर्वाचनमा भाग लियौं। अब मंसिरमा चुनाव आउँदै छ। ‘अब कति दिन हामीले गठबन्धनको डम्फु बजाएर बस्ने? अब पार्टीलाई बलियो बनाउने डम्फु बजाउने हो’, नेता नेपालले भने।’

स्थानीय तह निर्वाचनमा पार्टीलाई सुदृढ बनाउने काममा नलाग्दा सत्तारुढ अन्य दलहरूले असहयोग गरेको उनको गुनासो छ। नेकपा एसले आगामी निर्वाचनमा २० देखि २५ सिट ल्याउने दाबी नेता नेपालले गरे। 

स्थानीय तह निर्वाचनमा २८ प्रतिशत उम्मेदवारी दिँदा ९ लाख २७ हजार भोट पाएको उल्लेख गर्दै अध्यक्ष नेपालले सबै ठाउँमा उम्मेदवारी दिएर आगामी निर्वाचनमा जाँदा समानुपातिकसहित प्रतिनिधिसभामा पार्टीले २० देखि २५ सिट ल्याउने उनको भनाइ छ। आगामी निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेकपा एसले कम्तीमा १२ सिट जित्ने उनले उल्लेख गरे।

प्रकाशित: Jul 23, 2022| 16:09 शनिबार, साउन ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...