सोमबार, जेठ ४, २०८३

मजदुरकै कारण क्रान्ति सफल : एमाले अध्यक्ष ओली

मजदुर हितमा काम गरिरहेको एमालेलाई कमजोर बनाउन विभिन्न कोणबाट प्रयास भइरहेको अध्यक्ष ओलीले तर्क।
 |  शनिबार, साउन ७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन ७, २०७९

काठमाडौं– नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले विगतमा मजदुर वर्गकै बल र शक्तिमा क्रान्ति सफल भएको बताएका छन्। शनिबारबाट ललितपुरको गोदावरीमा सुरु भएको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को आठौं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले यस्तो बताएका हुन्।

National life

एमालेलाई कमजोर बनाउन विभिन्न कोणबाट प्रयास भइरहेको अध्यक्ष ओलीले दाबी गरे। मजदुर वर्गको हितका लागि एमाले नेतृत्वको सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’ को राष्ट्रिय गन्तव्य तय गरेर अघि बढाए पनि सफल हुन नदिइएको उनले आरोप लगाए। 

अध्यक्ष ओलीले भने, ‘मजदुर वर्ग विचारका संवाहक शक्ति हुन्। तिनलाई विभिन्न शक्तिहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमै विभाजित गर्न खोज्छन्। हाम्रो देशमा पनि त्यही भएको छ।’ मजदुरबीच फाटो ल्याएर मजदुर आन्दोलन र एकता कमजोर पार्ने काम निरन्तर हुँदै आएको उनले चर्चा गरे। 

अक्टोबर क्रान्ति, श्रमिक वर्गको आन्दोलन विगतमा सफल हुनुमा मजदुरबीचको एकताले सम्भव भएको ओलीको धारणा छ। अध्यक्ष ओलीले एमाले मजदुर वर्गको हितका लागि सदैव एकताबद्ध, प्रतिबद्ध र ऐक्यबद्ध रहेको बताए। समान ज्याला, श्रम शोषण अन्त्यका लागि एमाले मजदुरको पक्षमा रहने उनले प्रतिबद्धता जनाए।

आइतबारसम्म चल्ने महाधिवेशनमा देशभर तथा विदेशबाट समेत मजदुर नेता तथा प्रतिनिधि सहभागी रहेको जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले बताए।

प्रकाशित: Jul 23, 2022| 15:47 शनिबार, साउन ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।