सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कारबाहीमा परे ट्राफिक नियम उल्लंघन गर्ने २ हजार बढी सवारी

कारबाहीमा परे ट्राफिक नियम उल्लंघन गर्ने २ हजार बढी सवारी

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ तथा मातहत कार्यालयले ट्राफिक नियम उल्लंघन गर्नेलाई कारबाही गरेको हो।
 |  शनिबार, साउन ७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन ७, २०७९

National life

काठमाडौं– ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा २ हजार ४०० सय बढी सवारीसाधनमाथि कारबाही गरेको छ। उपत्यकामा २ हजार ४१२ सवारीसाधनमाथि ट्राफिक नियम उल्लंघन गरेकामा कारबाही गरिएको ट्राफिक प्रहरीले बताएको हो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ तथा मातहत कार्यालयले ट्राफिक नियम उल्लंघन गर्नेलाई कारबाही गरेको हो। ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने १५४ जनालाई कारबाही गरेको छ। लेन नियम उल्लंघन गर्ने ६२ जना कारबाहीमा परेका छन्। 

रेड लाइटमा सवारीसाधन चलाएकामा ६५ जना कारबाहीमा परेका छन् भने २४ जनालाई नम्बर प्लेटको शीर्षकमा कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।ट्राफिक नियम उल्लंघन गरेको भन्दै २ हजार १०७ सवारीसाधनमाथि पनि कारबाही गरिएको छ।

प्रकाशित: Jul 23, 2022| 15:13 शनिबार, साउन ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।