काठमाडौं– सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समाजवादी केन्द्र निर्माण भन्नु वामपन्थी एकता भन्नु उस्तै–उस्तै भएको बताएका छन्।शनिबार जनकपुरधाममा सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष दाहालले जे–जे भने पनि वाम एकता मूल विषय रहेको दाबी गरेका हुन्।
‘वामपन्थी एकता भयो भने समाजवादी केन्द्रजस्तै हुन सक्छ। वामपन्थी एकता भन्नु र समाजवादी केन्द्र भन्नु उस्तै–उस्तै हो’, दाहालले भने।
समाजवादी केन्द्रको मोर्चामा उपेन्द्र यादवलाई आउन कुनै समस्या नहुने उनले बताए। ‘चुनावी मोर्चामा उपेन्द्र यादव पनि हुनुहुन्छ। समाजवादी केन्द्र बनाउँदा उहाँलाई आउन कुनै अप्ठेरो छैन’, दाहालले भने। उनले गठबन्धनभित्रका वामपन्थी पृष्ठभूमिका समूहसँग एकताको प्रयास भइरहेको बताए।