सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रासायनिक मलको समस्या छिट्टै समाधान हुन्छ : कृषिमन्त्री यादव

रासायनिक मलको समस्या छिट्टै समाधान हुन्छ : कृषिमन्त्री यादव

हाल ग्लोबल टेन्डरको मल ल्याएर बिक्री वितरण भइरहेको र थप ५० हजार मेट्रिक टन आउने क्रममा कृषिमन्त्री यादवको दाबी।
 |  शनिबार, साउन ७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन ७, २०७९

काठमाडौं- कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले रासायनिक मलको समस्या चाँडै समाधान हुने बताएका छन्।

National life

हाल ग्लोबल टेन्डरको मल ल्याएर बिक्री वितरण भइरहेको र थप ५० हजार मेट्रिक टन आउने क्रममा रहेको उनले जानकारी दिए। 

एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नालिस्टस् (अनाज) मा आबद्ध पत्रकारसँग भएको भेटमा उनले भने, ‘अहिले मलको समस्या समाधान हुँदै छ। २० हजार मेट्रिक टन युरिया र ३० हजार मेट्रिक टन डीएपी मल आउने क्रममा छ। भारत सरकारसँग भएको जीटुजी सम्झौताको मल आएपछि यो आर्थिक वर्षका लागि समस्या हुँदैन।’

उनले मलका लागि बिहीबार मात्रै भारतीय राजदूतसँग कुराकानी गरेको बताए। राजदूतसँगको भेटमा भारतीय भारतबाट मल ल्याउन तत्कालै पहल गर्ने प्रतिबद्धता व्यक्त भएको मन्त्री यादवले जानकारी दिए।

नेपालबाट सबै प्रक्रिया पूरा भइसकेको र भारतबाट मल आउन मात्र बाँकी रहेको दाबी गर्दै उनले साउनभित्रै नेपालमा मल आइपुग्ने धारणा व्यक्त गरे। सम्झौताअनुसार यो आर्थिक वर्षमा भारतले १ लाख ७० हजार मेट्रिक टन मल दिनेछ। नेपालले एकै पटक सबै परिमाणको मल दिन आग्रह गरे पनि भारतले अहिलेसम्म यसबारे जवाफ दिइसकेको छैन। 

किसानलाई कृषिका नयाँ अनुसन्धानका कुरादेखि अन्य सूचना पुर्‍याउने काम सञ्चार क्षेत्रले गरिरहेको बताउँदै उनले किसानले समयमा सूचना नपाए कृषि कर्म सम्भव नरहेको सुनाए। 

प्रकाशित: Jul 23, 2022| 12:41 शनिबार, साउन ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।