सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वीरगञ्जबाट दुई दिनदेखि हराएकी चार वर्षीया बालिका मृत फेला

वीरगञ्जबाट दुई दिनदेखि हराएकी चार वर्षीया बालिका मृत फेला

वीरगञ्ज-२ छपकैया घुसुकपुर बस्ने सिकन्दर अलीको छोरी सुहाना खातुनको शव फेला परेको हो।
 |  शनिबार, साउन ७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन ७, २०७९

काठमाडौं- वीरगञ्जमा दुई दिनदेखि हराईरहेकी ४ वर्षीया बालिकाको शव फेला परेको छ। वीरगञ्ज-२ छपकैया घुसुकपुर बस्ने सिकन्दर अलीको छोरी सुहाना खातुनको शव फेला परेको हो। बिहान स्थानीयले बालिकाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

National life

सुहाना साउन ५ गते बिहीबार अपरान्हदेखि नै हराएकी थिइन्। तर, अभिभावकले छोरी हराएको निवेदन साउन ६ गते शुक्रबार मात्रै प्रहरीकोमा दिएका थिए।

बालिकाको हत्या भएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ। घटनामा संलग्न भएको हुन सक्ने भन्दै प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। १४ वर्षीय बालक र अर्को एक जनालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले हत्या नै भएको हुन सक्ने आशंकामा अनुसन्धान अघि बढाइएको जानकारी दिए। 

प्रकाशित: Jul 23, 2022| 11:27 शनिबार, साउन ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।