सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बागमती प्रदेशले निर्माण गरिरहेका शीत भण्डार भदौबाट सञ्चालनमा आउने

बागमती प्रदेशले निर्माण गरिरहेका शीत भण्डार भदौबाट सञ्चालनमा आउने

शीतभण्डारमध्ये २ महिनादेखि एउटा सञ्चालन भइसकेको र ८ वटाको भौतिक निर्माण कार्य सम्पन्न भई मशिन जडान कार्य भइरहेका कारण अब भदौ पहिलो हप्तामा नै सञ्चालनमा ल्याइने बताइएको हो।
 |  शनिबार, साउन ७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन ७, २०७९

मकवानपुर- बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले निर्माण गरिरहेका १० वटा शीतभण्डारमध्ये ८ वटा भदौको पहिलो हप्तादेखि सञ्चालनमा आउने भएका छन्। 

National life

शीतभण्डारमध्ये २ महिनादेखि एउटा सञ्चालन भइसकेको र ८ वटाको भौतिक निर्माण कार्य सम्पन्न भई मशिन जडान कार्य भइरहेका कारण अब भदौ पहिलो हप्तामा नै सञ्चालनमा ल्याइने बताइएको हो।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. सरोज पाण्डेका अनुसार सरकारले ९७ करोड ८३ लाख ६३ हजार रुपैयाँ लागतमा प्रदेशका १० वटा शीतभण्डार निर्माण शुरू भएको र अब नुवाकोटका २ बाहेक अन्य सबैमा मशिन जडान भइरहेको छ। सहकारी संस्था तथा निजी क्षेत्रसँगको साझेदारीमा मन्त्रालयले शीतभण्डार निर्माणको काम अघि बढाएको उनले जनाए।

मन्त्रालयले १० वटै शीतभण्डार निर्माणबापत ६५ करोड ४८ लाख ६० हजार रुपैयाँ निर्माण कम्पनीलाई भुक्तानी समेत दिइसकेको सचिव पाण्डेको भनाइ रहेको छ।

चितवनको खैरहनी–६, धादिङको बेनीघाट रोराङ–७, रसुवाको कालिका–२, सिन्धुलीको सुनकोसी–५, सिन्धुपाल्चोकको लिसंखुपाखर–७ र इन्द्रावती, दोलखाको जिरी–५, रामेछापको मन्थली, शीतभण्डारको भौतिक निर्माण करीब अन्तिम क्षणमा पुगेको जनाउँदै सचिव पाण्डेले नुवाकोटको विदुर–५ र बेलकोटगढी–१० मा भने ६५ प्रतिशत मात्र काम भएकाले शीतभण्डार भने ६ महिनाभित्र सञ्चालन गरिने बताए।

प्रदेश सरकारले अधिकांश शीतभण्डारको निर्माणका लागि २ वर्षको समय अवधि दिएर ठेक्का सम्झौता गरेको थियो। सम्झौताअनुसार २०७८ सालमा नै हस्तान्तरण हुनुपर्ने थियो। 

मन्त्रालयले नुवाकोटको विदुर–५ र बेलकोटगढी–१० मा ५ हजार मेट्रिक टन क्षमताका शीतभण्डार निर्माणका लागि ५० प्रतिशत र साझेदार संस्था तथा निजी कम्पनीको ५० प्रतिशत लगानी गर्ने गरी ठेक्का सम्झौता गरेको थियो। विदुरमा कूल १९ करोड ८५ लाख ८१ हजार रुपैयाँ र बेलकोटगढीमा २० करोड ३९ लाख ६८ हजार रुपैयाँ लागतमा शीतभण्डार निर्माण ठेक्का सम्झौता भएको थियो तर कोरोना महामारीका कारण काम रोक्किएर निर्माण सम्पन्न हुन २ वर्ष ढिला भएको मन्त्रालयका सचिव पाण्डेले प्रस्ट्याए।

२ वर्षसम्म कोरोनाका कारण ठेकेदार कम्पनीले काम गर्न नपाएको विवरणमा उल्लेख भएको जनाउँदै उनले अब भने केही दिनमा नै सञ्चालनमा ल्याइने बताए। मन्त्रालयका अनुसार खैरहनी–६ मा साना किसान कृषि सहकारी संस्थासँगको साझेदारीमा २०७५ चैत १३ गते शीतभण्डार निर्माण सम्झौता गरेर काम शुरू गरेकोमा हालसम्म करीब ९५ प्रतिशत सम्पन्न भएको छ। 

१ हजार ५०० मेट्रिक टन क्षमताको शीतभण्डार निर्माणका लागि १२ करोड ९४ लाख लागतमा ठेक्का सम्झौता गरेको थियो। हालसम्म ११ करोड ५२ लाख भुक्तानी भइसकेको छ। बेनीघाट रोराङमा १ हजार ५०० मेट्रिक टन क्षमताको शीतभण्डार निर्माणका लागि कृषक सुधार फलफूल तथा तरकारी सहकारी संस्थासँग साझेदारी भएको छ।

मन्त्रालयले १२ करोड ८३ लाख ७० हजार लागतमा सम्झौता गरेकामा हालसम्म १० करोड ९८ लाख ६४ हजार भुक्तानी दिएको छ। हालसम्म ९५ प्रतिशत काम सकिएको दाबी गरिएको छ।

सिन्धुपाल्चोककै इन्द्रावतीमा पोखरे साना किसान कृषि सहकारी संस्था लिमिटेडसँगको साझेदारीमा ५०० मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण गर्न ५ करोड ३५ लाख ४९ हजार लागतमा ठेक्का सम्झौता भएको हो। शीतभण्डारको ९४ प्रतिशत काम सकिएको मन्त्रालयले जनाएको छ।

रामेछापको मन्थलीमा ५०० मेट्रिक टन क्षमताको शीतभण्डार निर्माणका लागि कूल ५ करोड ३० लाख ९५ हजारमा ठेक्का सम्झौता भएको थियो। 

सिन्धुलीको सुनकोसी–५ मा मुकुटेश्वर बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेडसँगको साझेदारीमा ५०० मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण कार्य ९६ प्रतिशत सम्पन्न भएको छ। सिन्धुपाल्चोकको लिसंखुपाखर–७ मा गोल्मुथान कृषि सहकारीसँगको साझेदारीमा शीतभण्डार निर्माणको ठेक्का सम्झौता भएको थियो। ५०० मेट्रिक टन क्षमताको शीतभण्डार निर्माणका लागि कूल ५ करोड ३५ लाख  लागतमा ठेक्का सम्झौता भएर निर्माण कार्य शुरू भएको थियो।

हालसम्म ९५ प्रतिशत काम सकिएको मन्त्रालयले जनाएको छ।

दोलखाको जिरी नगरपालिका र जिरी कृषि सहकारी संस्थासँगको साझेदारीमा ५ करोड ३७ लाख लागतमा ५०० मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण शुरू भए पनि हालसम्म ९४ प्रतिशत काम सकिएको बताइएको छ।

रसुवाको कालिका गाउँपालिकामा साना किसान कृषि सहकारी संस्था लिमिटेडसँगको साझेदारीमा ३०० मेट्रिक टन क्षमताको शीतभण्डारमा अन्तिम कार्य भइरहेको बताइएको छ।

केही शीतभण्डारमा मशिन समेत जडान भएर बत्तीको मिटर मात्र जडान बाँकी भएको मन्त्रालयले जनाएको छ। तत्कालीन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले निर्माण सुरु गरेका १० वटै शीतभण्डारमध्ये अब नुवाकोटका २ वटाको मात्र करीब ३५ प्रतिशत काम बाँकी रहेको मन्त्रालयले जनाएको छ। कोरोना महामारीका बाबजुत पनि काम सकेर सञ्चालनमा ल्याउने तयारीमा रहेका शीतभण्डार मन्त्रालयको सफलता भएको जनाइएको छ।  -अञ्जली थापा/रासस

प्रकाशित: Jul 23, 2022| 10:33 शनिबार, साउन ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।