सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • इच्छाकामना गाउँपालिकामा जग्गा नाप नक्सांकन कार्य सुरु

इच्छाकामना गाउँपालिकामा जग्गा नाप नक्सांकन कार्य सुरु

जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारी र राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाको उपस्थितिमा वडा नम्बर ७ भालुमाराबाट शुक्रवारदेखि जग्गा नाप नक्सांकन कार्य शुभारम्भ गरिएको हो।
 |  शनिबार, साउन ७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन ७, २०७९

चितवन- चितवनको एक मात्र गाउँपालिका इच्छाकामनामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नाप नक्सांकन कार्य सुरु गरिएको छ। 

National life

संघीय सांसद कृष्णभक्त पोखरेल, जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारी र राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाको उपस्थितिमा वडा नम्बर ७ भालुमाराबाट शुक्रवारदेखि जग्गा नाप नक्सांकन कार्य शुभारम्भ गरिएको हो। 

भूमिसम्बन्धी सेवा केन्द्र इच्छाकामनाका संयोजक हरि देवकोटाका अनुसार गाउँपालिकामा ३ हजार ५३९ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले निवेदन दिएका छन्। त्यसमध्ये ८३ जना भूमिहीन दलित, ७७१ भूमिहीन सुकुम्बासी र २ हजार ६८५ अव्यवस्थित बसोबासी रहेका उनले बताए। 

इच्छाकामनामा वडा नम्बर ७ मा सबैभन्दा बढी १ हजार ६२७ ले निवेदन दिएका छन्। गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले राष्ट्रिय भूमि आयोगसँगको सहकार्यमा आगामी ३ महिनाभित्र नाप नक्सांकन कार्य सम्पन्न गरिने बताए। ६ महिनादेखि वर्ष दिनभित्र सबै प्रक्रिया पूरा गरी लालपूर्जा समेत वितरण गरिने अध्यक्ष गुरुङले बताए।   -रासस

प्रकाशित: Jul 23, 2022| 07:54 शनिबार, साउन ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।