शनिबार, वैशाख १२, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • अमेरिकामा एक दशकपछि पहिलो पोलियोको बिरामी भेटिएको पुष्टि

अमेरिकामा एक दशकपछि पहिलो पोलियोको बिरामी भेटिएको पुष्टि

१० वर्ष अघि अमेरिकालाई पोलियोमुक्त घोषणा गरिएको थियो। त्यसपछि यो पहिलो केस भेटिएको हो।
 |  शनिबार, साउन ७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन ७, २०७९

न्यूयोर्क- अमेरिकाको न्युयोर्कमा पोलियोका एक बिरामी भेटिएको छ। यहाँ रकल्याण्ड काउन्टीमा बस्ने २० वर्षका एक युवकमा पोलियोको भाइरस भेटिएको छ। उनले पोलियोको भ्याक्सि लगाएका थिएनन्। स्थानीय स्वास्थ्य अधिकारीले यसको अनुसन्धानपछि बिहिबार यसबारे जानकारी दिएको हो। १० वर्ष अघि अमेरिकालाई पोलियोमुक्त घोषणा गरिएको थियो। त्यसपछि यो पहिलो केस भेटिएको हो।

National life

२० वर्षका यी व्यक्तिलाई जून महिनामा अस्पताल भर्ना गरिएको थियो। द वासिङ्टन पोस्टको रिपोर्ट अनुसार रकल्याण्डमा बस्ने युवकलाई प्यारालाइसिस भएको छ। उनलाई एक महिना अघि लक्षण देखिएको थियो र देशको स्वास्थ्य अधिकारीका अनुसार उनी देश बाहिर कतै पनि गएका थिएनन्।

हाल उनी अस्पतालबाट डिस्चार्ज भएका छन् र उनी आफ्नी श्रीमती र बालबच्चासँग घरमा बसिरहेका छन्। उनी उभिन त सक्छन् तर उनलाई हिँड्न भने गाह्रो भइरहेको छ।

द वासिङ्टन पोस्टका अनुसार एक स्वास्थ्य अधिकारीले यसबारे जानकारी दिँदै भने, ‘पोलियो एक भाइरल रोग हो जसले स्नायु प्रणालीलाई प्रभावित गर्छ। यसले मांसपेशीलाई कमजोर बनाउन सक्छ र केही मामिलामा मृत्यु पनि हुनसक्छ।

यी व्यक्तिबाट अब पोलियो सर्दैन तर अनुसन्धानकर्ताले संक्रमण कहाँबाट भयो र अन्य व्यक्ति पनि भाइरसको चपेटामा परेका छन् कि भन्ने जानकारी बटुल्न थालेका छन्। धेरैजसो अमेरिकीले पोलियोको भ्याक्सिन लगाएका छन् तर भ्याक्सिन नलगाएका व्यक्तिहरुले यसबाट पाठ सिक्नुपर्ने बेला भएको जेनिफर नुजोले बताएकी छिन्। उनी ब्रान युनिभर्सिटी प्यान्डामिक रिसर्चर हुन्।

kumari

‘यो साधारण होइन, हामी खासमा यस्तो हेर्नै चाहँदैनौँ,’ नुजोले भनिन्। ‘यदि तपाईंले भ्याक्सिन लगाउनुभएको छ भने तपाईं खासै डराउनु पर्दैन। तर तपाईंले आफ्ना बालबच्चालाई पोलियोको खोप लगाइदिनुभएको छैन भने यो कति महत्वपूर्ण छ भनेर बुझ्नुहोला।’

स्वास्थ्य विभागद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ – ९५ प्रतिशत व्यक्तिमा पोलियोका कुनै लक्षण देखिँदैनन् तरपनि उनीहरुले भाइरस फैलाउन सक्छन्। काउन्टी स्वास्थ्य आयुक्त डा. पेट्रिसिया श्रान्बेल रुपर्टले भनिन्, ‘हामी स्थितिलाई निकै सुक्ष्म तरिकाले निगरानी गरिरहेका छौँ। हामी न्युयोर्क राज्य स्वास्थ्य विभाग, रोग नियन्त्रण र रोकथाम केन्द्रसँग मिलेर काम गरिरहेका छौँ।’  -एएफपी

प्रकाशित: Jul 23, 2022| 07:11 शनिबार, साउन ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।