शनिबार, असार ६, २०८३

देशको नेतृत्व अब माओवादीले गर्छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनबाट देशको नेतृत्व नेकपा (माआवादी केन्द्र) ले गर्ने दाबी गरेका छन्।
 |  शुक्रबार, साउन ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ६, २०७९

काठमाडौं– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनबाट देशको नेतृत्व नेकपा (माआवादी केन्द्र) ले गर्ने दाबी गरेका  छन्।

National life

शुक्रबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा भएको पार्टी समायोजन–ध्रुवीकरण तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। अध्यक्ष दाहालले आगामी संघ र प्रदेशको निर्वाचनमा आउने चुनावमा माओवादीलाई देशको बागडोरको जिम्मा लिनबाट कसैले रोक्न नसक्ने उद्घोष गरे।

उनले नेकपा माओवादीमा पुनः एकपटक पुनर्स्थापित हुने दाबी गर्दै माओवादी पार्टी पुनः स्थापित हुन नसके संघीय लोकतान्त्रिक गणतन्त्र बलियो हुन नसक्ने बताए। अध्यक्ष दाहालले पार्टीमा पछिल्लो समय प्रवेश गर्ने नेता–कार्यकर्ताको संख्या बढीरहेको भन्दै यसले नेकपा माओवादीलाई एकपटक पुनः सरकार सञ्चालनको जिम्मा दिने बेला आइरहेको बताए।

उनले भने, ‘हाम्रै जोडबलमा आज नागरिकताबारे निर्णय हुँदैछ। आन्दोलनमा खेलेको भूमिकालाई कतै कमजोर हुन दिने छैन। नेपालमा विभेदमा भएका, पछि परेका वर्ग, समुदायको उत्थानका लागि नै माओवादीको आन्दोलन शुरु भएको हो। कहीँ न कहीँ एउटा निकै ठूलो डिजाइन अन्तर्गत माओवादीको बारेमा भ्रम छर्ने कुचेष्ट गरियो। माओवादीको आन्दोलनलाई कतै म कमी आउन दिनेछैन। पार्टी प्रवेश कार्यक्रमले सिंगो देश र मधेसमा बलियो सन्देश प्रवाहीत भएको छ। मधेसका सबैको हक, अधिकार र पहिचाको लडाइँ राष्ट्रिय रुपमा स्थापित गर्ने पार्टीमा जुन बुझाइ रहेछ त्यसले मलाई खुशी बनाएको छ। पर्सामा माओवादी पार्टी कमजोर छ। तर अब एकपटक फेरि पुनःस्थापित हुने माओवादी नै हो। यो देशमा माओवादी पुनःस्थापित भएन भने, माओवादी पार्टी बलियो भएन भने संघीय लोकतान्त्रिक गणतन्त्र बलियो हुन सक्दैन। आउने निर्वाचनमा अब माओवादी पार्टीलाई देशको बागडोर फेरि एकपटक आफ्नो हातमा लिन कसैले रोक्ने छैन।’

अध्यक्ष दाहालले नेकपा माओवादी पार्टीकै जोडबलमा आज संघीय संसदबाट नागरिकताबारे निर्णय हुन लागेको बताए।

Shivam cement

प्रकाशित: Jul 22, 2022| 18:17 शुक्रबार, साउन ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...