बुधबार, फागुन २०, २०८२

अस्ट्रेलियाको जन्मदर १० वर्ष यताकै न्यून

देशको जन्मदर १० वर्ष यताकै न्यूनस्तरमा झरेको सरकारी तथ्यांकले देखाएको हो।
 |  शुक्रबार, साउन ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ६, २०७९

क्यानबेरा- अस्ट्रेलियाको  जन्मदर निरन्तर घटिरहेको सरकारी तथ्यांकले देखाएको छ। देशको जन्मदर १० वर्ष यताकै न्यूनस्तरमा झरेको सरकारी तथ्यांकले देखाएको हो। 

अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एण्ड वेलफेयर (एआईएचडब्ल्यु) ले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार सन् २००७ मा प्रति एक हजारमा ६६ जना महिलाले बच्चा जन्माएकामा  सन् २०२० मा त्यो दर घटेर ५६ कायम भएको छ। 

कोभिड-१९ महामारीको पहिलो महिनाको तथ्यांक प्रस्तुत गर्दै एआईएचडब्ल्युले सन् २०१९ र २०२० को बीचमा शिशुजन्ममा २.३ प्रतिशतले गिरावट आएको बताएको छ। सन् २०२० मा बच्चा जन्माएका आमाहरूको औषत उमेर ३० वर्ष नौ महिना थियो भने सन् २०१० ३० वर्षकै उमेरमा उनीहरूले सन्तान जन्माएका थिए।

अस्ट्रेलियामा ४० वर्ष र त्यसभन्दा माथिका आमाहरूको उच्च अनुपात अर्थात् सन् २०१० मा ४.१ प्रतिशतको तुलनामा सन् २०२० मा ४.५ प्रतिशत रहेको प्रतिवेदनमा जनाइएको छ।    -सिन्ह्वा

प्रकाशित: Jul 22, 2022| 19:00 शुक्रबार, साउन ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।