बिहीबार, मंसिर १३, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • श्रीलंकाको १५औँ प्रधानमन्त्री दिनेश गुणवर्धनाद्वारा शपथ ग्रहण

Siddartha premir insuranceSiddartha premir insurance

श्रीलंकाको १५औँ प्रधानमन्त्री दिनेश गुणवर्धनाद्वारा शपथ ग्रहण

श्रीलंका पोदुजाना पेरामुना पार्टी (एसएलपिपी) का ७३ वर्षीय सांसद गुणवर्धनाले प्रधानमन्त्री कार्यालयमा राष्ट्रपति रनिल विक्रमासिंघेसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।
 |  शुक्रबार, साउन ६, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ६, २०७९

कोलम्बो- श्रीलंकाको १५औँ प्रधानमन्त्रीको रुपमा दिनेश गुणवर्धनाले शपथ लिएका छन्। श्रीलंका पोदुजाना पेरामुना पार्टी (एसएलपिपी) का ७३ वर्षीय सांसद गुणवर्धनाले प्रधानमन्त्री कार्यालयमा राष्ट्रपति रनिल विक्रमासिंघेसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।

himalayan bank box

विभिन्न दलका विधायक एवम् राजनीतिक दलका नेताहरूसँग बिहीबार भएको सघन छलफलपछि आज उनलाई प्रधानमन्त्री पदको शपथ गराइएको हो। भूतपूर्व राष्ट्रपति गोताबाया राजापाक्ष र रनिल विक्रमासिंघेको नेतृत्वमा उनले गृहमन्त्रीका रुपमा काम गरेका थिए।

आगामी बुधबार संसद् बैठकपछि राष्ट्रिय सरकार गठनका विषयमा छलफल हुने बताइएको छ। राजनीतिक दलहरू मिलेर राष्ट्रिय सरकार गठन गरेपछि मन्त्रिपरिषद् पुनर्गठन हुनेछ।

यसैबीच, राष्ट्रपति सचिवालय बाहिर ठूलो संख्यामा उपस्थित प्रदर्शनकारीहरूलाई नियन्त्रण गर्न भारी मात्रामा सशस्त्र सुरक्षाकर्मी परिचालन गरिएको थियो। उनीहरूले राष्ट्रपति विक्रमासिंघेको विरोध गरिरहेका छन्। यहाँस्थित सरकार विरोधी प्रदर्शन शिविरमा सुरक्षाकर्मीले छापा मारेको थियो।  -एएनआई

प्रकाशित: Jul 22, 2022| 19:30 शुक्रबार, साउन ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।