बिहीबार, असार ३२, २०८३

यु-२० महिला विश्वकपमा उपाधिका लागी जापान र स्पेन भिड्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- फिफा यु-२० महिला विश्वकप फुटबलको उपाधिका लागी एशियाली टोली जापान र युरोपियली टोली स्पेनबीच भिड्न्त हुने भएको छ। फाइनल खेल स्टाडे डेला रबिने मैदानमा बिहिबार साँझ हुनेछ।

जापानले क्वाटर फाइनलमा इंग्ल्यन्डलाई २-० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। जापानले दुवै गोल पहिलो हाफमा गरेको थियो। खेलको २२ औं मिनेटमा युकीको गोल मार्फत जापानले अग्रता लिएको थियो। त्यसको पाँच मिनेट नबित्दै एन्डोले गोल गर्दै जापानको अग्रता दोब्बर पारीन।

दोस्रो हाफमा दुवै टोलीबाट गोल हुन नसक्दा जापानले खेल २-० ले जितेको थियो। 

त्यस्तै अर्को खेलमा स्पेनले आयोजक फ्रान्सलाई १-० ले पराजित गर्‍यो। पहिलो हाफमा गोलरहित बराबरी भएको खेलको ५१ औं मिनेटमा स्पेनले अग्रता लिएको थियो।
५१ औं मिनेटमा स्पेनकी पाट्रीले गोल गर्दै अग्रता दिलाइन। निकै नै प्रतिस्पर्धात्मक खेलमा त्यसपछि कुनै गोल हुन सकेन।
 
दुवै टोली एउटै समूहबाट क्रमशः स्पेन विजेता र जापान उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।