मंगलबार, चैत ३, २०८२

स्वास्थ्य बिमा ऐन अनुसार नै सञ्चालन गर्न शिक्षा तथा स्वास्थ्य समितिको सुझाव

शुक्रबार बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा सभापति जयपुरी घर्तिले स्वास्थ्य बिमा ऐन अनुसार नै कार्यक्रम सञ्चालन गर्न सुझाव दिएकी छिन्।
 |  शुक्रबार, साउन ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ६, २०७९

काठमाडौं- स्वास्थ्य बिमा कार्यक्रममा बिमा ऐन अनुसार नै अगाडि बढाउन संसदीय समितिले सरकारलाई सुझाव दिएको छ। शुक्रबार बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा सभापति जयपुरी घर्तिले स्वास्थ्य बिमा ऐन अनुसार नै कार्यक्रम सञ्चालन गर्न सुझाव दिएकी छिन्।

National life

चालु आर्थिक वर्षको बजेट वक्तव्यमा स्वास्थ्य बिमा कार्यक्रम कम्पनीमार्फत सञ्चालन हुने र बिमा कार्यक्रम सरकारी र सामुदायिक अस्पताललाई मात्र सञ्चालन गर्न दिइने बताइएको थियो । त्यसपछि विरोध हुँदै निजी अस्पतालहरुमा स्वास्थ्य बिमा कार्यक्रम बन्द हुँदै आएका छन्। 

सबै निजी अस्पतालहरुले स्वास्थ्य बिमा बोर्डलाई बिमा कार्यक्रम सञ्चालन नगर्ने भन्दै पत्र पठाएको बिमा बोर्डका अध्यक्ष सेनेन्द्रराज उप्रेतीले समितिलाई जानकारी गराए। 

सरकारको बजेट बक्तव्यपछि बिमा बोर्डले पनि निजी अस्पताललाई बिमा कार्यक्रम सञ्चालन गर्न दिने/नदिनेबारे निर्णय गर्न सकेको छैन। 

समितिकी सभापति जयपुरी घर्तीले बजेट वक्तव्यपछि निम्तिएको समस्या र निजी अस्पतालका विषयमा रहेको अन्यौलताका विषयमा मन्त्रिपरिषद्मा प्रस्ताव लगेर तत्कालै समस्या समाधान गर्न पनि बिमा बोर्ड र स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएकी छिन्। बैठकमा बोल्दै स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङले स्वास्थ्य बिमा कार्यक्रममा देखिएको समस्या समाधान गर्नका लागि मन्त्रीपरिषद्मा प्रस्ताव लैजाने प्रक्रिया अघि बढाइएको बताए।

Laxmi sunrise bank
kumari

खापुङले अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमा यो बिमालाई सरकारी र सामुदायिक अस्पतालबाट मात्रै संचालन गरिनेछ भन्ने व्यवस्था गरिएको र त्यसलाई संसदले पनि पारित गरेकाले अहिले त्यसको संचालनमा समस्या आएको पनि स्पष्ट पारे।

त्यस सम्बन्धमा बिमा बोर्डले पनि के गर्ने भनेर मन्त्रालयलाई सोधेकाले त्यसमा देखिएको समस्या समाधान गर्न मन्त्रीपरिषद्मा प्रस्ताव लैजान उपयुक्त हुने भएकाले आफूले सो प्रक्रिया अघि बढाएको पनि समितिलाई मन्त्री खापुङले जानकारी दिए। 

बैठकमा पूर्व स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले स्वास्थ्य बिमालाई थप बलियो र प्रभावकारी रुपमा अगाडि बढाउन उच्चस्तरीय अनुगमन आवश्यक रहेको बताए। 

बिमा बोर्डका अध्यक्ष डा सेनेन्द्रराज उप्रेतीले स्वास्थ्य बिमा ऐनको पूर्ण कार्यान्वयनका लागि जनशक्ति तथा संरचनाको पूर्णता आवश्यक रहेको बताए। त्यस्तै बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले बिमाबोर्डबाट हालसम्म २१ अर्ब  ४५ करोड रुपैयाँ विभिन्न अस्पतालहरुलाई भुक्तानी गरिएको जानकारी दिए।  यो वर्ष मात्रै स्वास्थ्य बिमा बोर्डले ९ अर्ब ५३ करोड भुक्तानी गरेको छ। अब ५ अर्ब भुक्तानी बाँकी रहेको र उक्त रकम पनि असोजसम्ममा भुक्तानी गरिसक्ने उनले बताए।


प्रकाशित: Jul 22, 2022| 20:30 शुक्रबार, साउन ६, २०७९
प्रतिक्रिया दिनुहोस्