बिहीबार, असार ३२, २०८३

प्रशिक्षक कोजीको विकल्पका लागि एन्फामा अन्तरिक छलफल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राष्ट्रिय टोलीका नियमित प्रशिक्षक जापानी ग्यातुको कोजी भिसा नभएका कारण नेपाल आउन नपाएपछि नेपाली फुटबल टोलीको प्रशिक्षणको जिम्मेवारी कसलाई दिने भन्ने विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तरिक छलफलमा जुटेको छ। नेपाली टोली दुई सातापछि बंगलादेशमा सुरु हुने साफ च्याम्पियनसिपमा सहभागी हुनेछ।
 
इन्डोनेसियामा जारी फुटबलको समूह चरणबाटै बाहिरिएको यू २३ टोली सोमबार राती स्वदेश फर्कदा कोजी आएनन्। नेपालको भिसा नभएका कारण उनी नआएका हुन्।

इन्डोनेसिया जानुअघि नै उनको भिसाको अवधि भन्दा बढी नेपाल बसेका थिए। त्यसमा एन्फाले जरिवाना तिरेको एन्फाका प्रवक्ता किरण राईले जानकारी दिए।

‘उहाँ अहिले नेपाल आउन पाउनु हुन्न। हामीले उहाँ इन्डोनेसिया जानुअघि नै नयाँ भिसाका लागि प्रक्रिया थालिसकेका थियौं,’ प्रवक्ता राईले भने,‘ अहिले सम्म भिसा आएको छैन । एन्फा र युवा तथा खेलकुद मन्त्रालयबाट प्रक्रिया अघि बढेको छ। तर, स्वीकृत भएको छैन।’

भदौ १९ देखि बंगलादेशमा सुरु हुने साफ च्याम्पियसिपमा कोजीलाई बोलाउने नबोलाउने विषयमा पनि छलफल भइरहेको राईले बताए। साफ च्याम्पियनसिपका लागि नेपाली टोलीको केहि दिनमा प्रशिक्षण सुरु हुने बताइएको छ । एसियाडमा सबै तीन खेल गुमाउँदै नेपाली युवा टोली स्वदेश फर्केको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।