शनिबार, असार ६, २०८३

बीपीलाई संसद्ले नसम्झिएकोमा गुनासो

नेपाली कांग्रेसका सांसद डा.मिनेन्द्र रिजालले नेपाली कांग्रेसका संस्थापक तथा पूर्व सभापति बीपी कोइरालालाई नेपालको संसदले सम्झिनुपर्ने बताएका छन्।
 |  शुक्रबार, साउन ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ६, २०७९

काठमाडौं– नेपाली कांग्रेसका सांसद डा.मिनेन्द्र रिजालले नेपाली कांग्रेसका संस्थापक तथा पूर्व सभापति बीपी कोइरालालाई नेपालको संसदले सम्झिनुपर्ने बताएका छन्।

National life

शुक्रबारको प्रतिनिधिसभा बैठकमा समय माग गरी बोल्दै सांसद रिजालले आज बीपी कोइरालाको स्मृति दिवस भएको र बीपी नेपालको पहिलो संसदको नेता भएकाले उनलाई संसदले स्मरण गर्नुपर्ने बताएका हुन्।

बीपीले राजासँग लड्दा अथवा राजासँग मिलापको बाटो खोज्दा पनि नेपाली जनतालाई केन्द्रमा राखेको उनले बताए। सांसद रिजालले कोइरालाले नेपाली जनतालाई साँचो अर्थमा सार्वभौम बनाउने काममा लागेको स्मरण गरे।

सांसद रिजालले बीपी कोइरालाका समकालिन नेताहरु सुवर्ण शमशेर, गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, कृष्णप्रसाद भट्टराई लगायतका नेताहरुले समेत बीपी कोइरालालाई उच्च सम्मान गर्ने गरेको प्रसंग उठाए।


प्रकाशित: Jul 22, 2022| 15:09 शुक्रबार, साउन ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...