शनिबार, असार ६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमसीसी पारित गरेपछि अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको छ : मन्त्री कार्की

एमसीसी पारित गरेपछि अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको छ : मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले चाँडै नेपाल दक्षिण एसियामा सबल अर्थतन्त्र भएको मुलुकको रुपमा परिणत हुने उद्घोष गरेका छन्।
 |  शुक्रबार, साउन ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ६, २०७९
National life
Shivam cement

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले चाँडै नेपाल दक्षिण एसियामा सबल अर्थतन्त्र भएको मुलुकको रुपमा परिणत हुने उद्घोष गरेका छन्। शुक्रबार हेटौंडामा आयोजित नेपाल प्रेस युनियनको ९ औं महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्।

उनले नेपाल श्रीलंकाको बाटो नगएको दाबी गरे। उनले नेपालको अर्थतन्त्रमा केही समस्या रहे पनि श्रीलंका पथ्मा नेपाल नरहेको बताए। उनले आगामी १० वर्षमा नेपाललाई सबल अर्थतन्त्र भएको मुलुकको रुपमा परिणत गरेर अघि बढ्ने बताए।

मन्त्री कार्कीले सरकार संविधानले परिकल्पना गरेको प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिकको हकको रक्षा गर्नका निमित्त प्रतिवद्ध रहेको पनि दाबी गरे। उनले सरकार दक्षिण एसियामा नै प्रेस स्वतन्त्रताको अग्रणि देशको रुपमा नेपाललाई स्थापित गर्न प्रतिवद्ध रहेको बताए। सञ्चारमन्त्री कार्कीले एमसीसी पास गरेपछि नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव परिरहेको बताए।


प्रकाशित: Jul 22, 2022| 15:04 शुक्रबार, साउन ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...