शनिबार, असार ६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • नागरिकता विधेयक फास्ट ट्र्याकबाट पारित गर्नु देशका लागि अहित : नेमकिपा

नागरिकता विधेयक फास्ट ट्र्याकबाट पारित गर्नु देशका लागि अहित : नेमकिपा

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकता विधेयकलाई फास्ट ट्र्याकबाट पारित गर्नु देशको हितमा नहुने बताएका छन्।
 |  शुक्रबार, साउन ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ६, २०७९

काठमाडौं– नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकता विधेयकलाई फास्ट ट्र्याकबाट पारित गर्नु देशको हितमा नहुने बताएका छन्। शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले नागरिकता विधेयक फास्ट ट्र्याकबाट पारित गर्न खोज्नु देशको हितमा नभएको तर्क गरेका हुन्।

National life

उनले नागरिकता विधेयकलाई सम्बन्धित समितिमा पठाउनुपर्ने बताए। नागरिकताको विषय सार्वभौमिकतासँग सम्बन्धित विषय भएकाले जनतासँग समेत छलफल गर्नेगरी कार्यसूची बनाउनु जरुरी रहेको उनको भनाइ थियो। उनले भने, ‘नागरिकता विधेयक फाष्ट ट्रयाकबाट पारित गर्न खोजेको विषय देशको हितमा छैन। सम्बन्धित समितिमा विधेयक पठाउनु जरुरी छ। यो विधेयक सार्वभौमिकतासँग सम्बन्धित भएको हुँदा जनतासँग समेत छलफल गर्नेगरी कार्यसूची बनाउनु जरुरी छ।’ 

नेपालको नागरिकता समस्या समाधान गर्न खुला सीमा बन्द गर्नुपर्ने उनको भनाइ छ। आमा र बुबा दुवै वंशजको नेपाली नागरिकका छोराछोरीलाई मात्र वंशजको नेपाली नागरिकता दिनुपर्ने उनले बताए। जन्मको आधारमा दिएको नागरिकता विदेशीले पनि पाएकाले छानविन गरी खारेज गर्नुपर्ने उनले बताए। सांसद सुवालले निर्वाचन, सरकारी सेवा, राजनीतिक नियुक्ति, उद्योग, व्यापारको लागि वंशजको नेपाली नागरिक आवश्यक हुने व्यवस्था गर्नु जरुरी रहेको उल्लेख गरे। त्यस्तै नेपालीले विदेशीसँग विवाह गर्न निरुत्साहित गर्नुपर्ने र नेपालीसँग विवाह गरेका महिला वा पुरुषलाई २० वर्षपछि नेपालको भाषा र संस्कृतिबारे लिखित र अन्तर्वार्ता परीक्षा उत्तिर्ण गरेमा नेपालको कृत्रिम नागरिकता दिनुपर्ने बताए।


प्रकाशित: Jul 22, 2022| 14:56 शुक्रबार, साउन ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...