शनिबार, असार ६, २०८३

गोर्खा सैनिकलाई पनि नागरिकता दिनुपर्छ : एमाले सांसद दाहाल

नेकपा (एमाले) का सांसद कृष्णप्रसाद दाहालले बेलायतमा रहेका नेपाली गोर्खा सैनिकहरुलाई नेपाली नागरिकता प्राप्त गर्ने सुविधा दिनुपर्ने बताएका छन्।
 |  शुक्रबार, साउन ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ६, २०७९

काठमाडौं– नेकपा (एमाले) का सांसद कृष्णप्रसाद दाहालले बेलायतमा रहेका नेपाली गोर्खा सैनिकहरुलाई नेपाली नागरिकता प्राप्त गर्ने सुविधा दिनुपर्ने बताएका छन्।

National life

शुक्रबार प्रतिनिधिसभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफाबार छलफलको क्रममा संशोधन प्रस्ताव राख्दै सांसद दाहाले बेलायतमा रहेका नेपाली गोर्खा सैनिकहरुलाई नेपाल र बेलायत दुवै देशको नागरिकता प्राप्त गर्ने सुविधा दिनुपर्ने बताए।

उनले नेपाली महिलासँग विवाह गरी नेपालमै १५ वर्षसम्म बसोवास गरेका नेपाली महिलाका श्रीमानलाई पनि अंगिकृत नागरिकता दिनसक्ने प्रावधान राख्नुपर्ने बताए। संशोधन प्रस्ताव राख्दै उनले भने, ‘नेपाल र बेलायतबिच भएको सन्धी अनुसार गोर्खा सेनाहरुको हकमा माथि उल्लेखित दफाहरु लागू हुने छैनन्। उनीहरुलाई दुवै देशको नागरिकता प्राप्त गर्न सक्ने सुविधा हुनेछ। विदेशी नागरिकसँग विवाह गरी नेपालमै बसोबास गर्ने नेपाली महिलाहरुको श्रीमानलाई १५ वर्षभन्दा बढी नेपाली महिलासँग विवाह गरी नेपालमै बसोवास गरेको रहेछ र सम्बन्धित देशको नागरिकता त्यागेको स्वघोषणा गरेमा नीजलाई अंगिकृत नागरिकता दिन बाधा पर्ने छैन। २०७२ साल असोज ३ गतेभन्दा अघि जन्मको आधारमा नागरिकता प्राप्त गरेका एउटै बाबु, आमाको सन्तान उमेरका कारणले त्यस बेला नागरिकता प्राप्त गर्न नसकेका र हाल उमेर पूरा भएका बाँकी भाइ, बहिनीहरुलाई दाजु वा दिदीहरु जसरी नागरिकता प्राप्त गर्नेछन्।’ 

उनले वि.सं. २०७२ साल असोज ३ गतेभन्दा अघि जन्मको आधारमा नागरिकता प्राप्त गरेका हरुलाई पनि हाल उनीहरुका दाजु, दिदीहरुले जसरी नै नागरिकता दिइनुपर्ने बताए।


प्रकाशित: Jul 22, 2022| 14:49 शुक्रबार, साउन ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...