शनिबार, असार ६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • मिडियाले सही सूचना नदिँदा नागरिकमा भ्रम सिर्जना हुन्छ : महामन्त्री थापा

मिडियाले सही सूचना नदिँदा नागरिकमा भ्रम सिर्जना हुन्छ : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकता विधेयकका बारेमा सही सूचना प्रकाशन गर्न सञ्चारमाध्यमहरुसँग आग्रह गरेका छन्।
 |  शुक्रबार, साउन ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ६, २०७९

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकता विधेयकका बारेमा सही सूचना प्रकाशन गर्न सञ्चारमाध्यमहरुसँग आग्रह गरेका छन्।

National life

शुक्रबार हेटौंडामा आयोजित नेपाल प्रेस युनियनको ९ औं महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले सञ्चारमाध्यमले दिएका सूचनाका आधारमा नै जनताले आफ्नो मूल्यांकन गर्नै भएकोले सही सूचना सम्प्रेषण गर्न आग्रह गरेका हुन्।

उनले संसदमा विवाह गरिसकेपछि नेपाली पुरुषले विवाह गरेको एउटा महिलाले नागरिकता कहिले प्राप्त गर्ने भन्ने विषय छलफलको विषय हुने भन्दै यसलाई छलफलमा भएका कुरालाई सहइ ढंगले प्रस्तुत गर्नुपर्ने आवश्यक्ता रहेको बताए। महामन्त्री थापाले जनतालाई सत्यतथ्य कुरा सही ढंगले सम्प्रेषित गर्न आवश्यक रहेको बताए।

उनले भने,  ‘नागरिकले थाहा पाउने गरेर तथ्य र प्रमाणका आधारमा सूचना सम्प्रेषण गर्नुपर्छ। सञ्चारमाध्यमले दिएको तथ्यको आधारमा नै नागरिकहरुले मत बनाउने हो। हामी संसदमा नागरिकता विधेयकमाथि छलफल गर्दैछौँ। आजकै नागरिकता विधेयकपछि सञ्चारमाध्यममा आउने विषयको आधारमा भोलि नागरिकहरुले मत बनाउने हो। हामीले छलफल गर्ने आजका थुप्रै विषयहरुमध्येको एउटा विषय विवाह गरिसकेपछि नेपाली पुरुषले विवाह गरेको एउटा महिलाले नागरिकता कहिले प्राप्त गर्ने भन्ने विषय छलफलको विषय बन्छ। छलफलमा भएका विषयलाई सही ढंगले सम्प्रेषित गर्न सकेनौँ भने धेरै मानिसले बनाउने मत हुँदै नभएको व्यवस्था लागू गरेको छ भन्ने हुन्छ।’

महामन्त्री थापाले सही ढंगले सूचना सम्प्रेषण नगर्दा नागरिकमा भ्रम सिर्जना हुने भन्दै यसलाई रोक्न आवश्यक रहेको बताए।

Shivam cement

प्रकाशित: Jul 22, 2022| 14:32 शुक्रबार, साउन ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...