सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रेस युनियन निर्वाचन : उम्मेदवारी मनोनयन शुल्क १५ देखि ३० हजारसम्म

प्रेस युनियन निर्वाचन : उम्मेदवारी मनोनयन शुल्क १५ देखि ३० हजारसम्म

नेपाली कांग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको नवौं महाधिवेशन बागमती प्रदेशको राजधानी हेटौंडामा आज (शुक्रबार) सुरु भएको छ।
 |  शुक्रबार, साउन ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ६, २०७९

काठमाडौं– नेपाली कांग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको नवौं महाधिवेशन बागमती प्रदेशको राजधानी हेटौंडामा आज (शुक्रबार) सुरु भएको छ। करिब ८ वर्षपछि भएको महाधिवेशनको उद्घाटन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेका छन्। 

महाधिवेशनसँगै युनियनको नयाँ नेतृत्व, पदाधिकारी र कार्यसमितिको निर्वाचन पनि हुँदैछ। उद्घाटन सत्र सकिएसँगै समितिले विभिन्न पदको उम्मेदवारीका लागि मनोनयन शुल्क सार्वजनिक गरेको छ।

समितिका संयोजक एगराज पोखरेलले सार्वजनिक गरेको सूचीअनुसार अध्यक्ष पदका प्रतिस्पर्धीको मनोनयन शुल्क ३० हजार तोकिएको छ। त्यसैगरी वरिष्ठ उपाध्यक्ष र महासचिवको मनोनयन शुल्क २५ हजार, उपाध्यक्ष, सचिव,  केन्द्रीय लेखा संयोजक र कोषाध्यक्षको २० हजार तोकिएको छ।

केन्द्रीय सदस्य र केन्द्रीय लेखा समिति सदस्यको मनोनयन शुल्क १५ हजार रुपैयाँ कायम गरिएको छ। युनियनको नयाँ नेतृत्वका लागि अनिता बिन्दु र शिव लम्साल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन्। 


प्रकाशित: Jul 22, 2022| 14:12 शुक्रबार, साउन ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...