सोमबार, साउन २५, २०८३

फास्ट ट्र्याकबाट पारित हुँदै नागरिकता विधेयक

शुक्रबारको प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयकमाथि परेका संशोधनमाथि संसद्मै छलफल गर्ने र पारित गर्ने कार्यसूची।
 |  शुक्रबार, साउन ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ६, २०७९

काठमाडौं- सामान्यतया विधेयकमाथि दफावार छलफल गर्न विषयगत समितिमा पठाउने गरिन्छ। तर सरकारले नागरिकता विधेयक फास्ट ट्रयाकबाटै पारित गर्ने तयारी थालेको छ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयकमाथि परेका संशोधनमाथि संसद्मै छलफल गर्ने र पारित गर्ने कार्यसूची छ। संसद् सचिवालयका अधिकारीका अनुसार प्राप्त संशोधनलाई ख्याल गरेर संसद्मै छलफल गर्ने कि विषयगत समितिमा पठाउने भन्ने निर्धारण हुने गर्छ।

विगतमा नागरिकता विधेयक विषयगत समितिमा पठाउँदा अलमल भएको, भनेका बेला पारित गराउन नसकेकोजस्ता दृष्टान्त देखाउँदै सरकारले संसद्मै दफावार छलफल गरेर सीधै पारित गराउनेछ। सरकारी चाहनाअनुसार सभामुख अग्नि सापकोटाले पनि शुक्रबारको संसद् बैठकको सम्भावित कार्यसूचीमा नागरिकता विधेयकलाई राखेका छन्।

सम्भावित कार्यसूचीअनुसार शुक्रबार प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरिनेछ। त्यसपछि गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत गर्नेछन्।

नागरिकता विधेयकलाई शुक्रबारै प्रतिनिधिसभाबाट पारित गरेर राष्ट्रिय सभामा पठाउने तयारी छ। राष्ट्रिय सभाले पारित गरेर पुनः प्रतिनिधिसभामा पठाउँछ र राष्ट्रिय सभाले संशोधन गरेर त्यसलाई प्रतिनिधिसभाले स्वीकार गरेको खण्डमा सभामुख हुँदै राष्ट्रिपतिकहाँ पुग्छ। राष्ट्रपतिले प्रमाणीकरण गरेपछि नागरिकता ऐन संशोधन विधेयक ऐनका रूपमा कार्यान्वयनमा आउनेछ।

प्रकाशित: Jul 22, 2022| 12:52 शुक्रबार, साउन ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...