बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • श्रीलंकामा बल प्रयोग गरेर राष्ट्रपति निवास खाली गर्न थालियो, बीबीसीका पत्रकार कुटिए

श्रीलंकामा बल प्रयोग गरेर राष्ट्रपति निवास खाली गर्न थालियो, बीबीसीका पत्रकार कुटिए

श्रीलंकाको राजधानी कोलम्बोमा सुरक्षा बलले प्रदर्शकारीको मुख्य धर्नास्थलमा शुक्रबार बिहानैदेखि कारबाही थालेको छ। सुरक्षाकर्मीले मुख्य प्रदर्शनस्थलमा रहेका टेन्ट भत्काएको बीबीसीले उल्लेख गरेको छ।
 |  शुक्रबार, साउन ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ६, २०७९

काठमाडौं- श्रीलंकाको राजधानी कोलम्बोमा सुरक्षा बलले प्रदर्शकारीको मुख्य धर्नास्थलमा शुक्रबार बिहानैदेखि कारबाही थालेको छ। सुरक्षाकर्मीले मुख्य प्रदर्शनस्थलमा रहेका टेन्ट भत्काएको बीबीसीले उल्लेख गरेको छ।

राष्ट्रपति भवनभित्र रहेका प्रदर्शनकारीलाई बाहिर निकाल्न दर्जनौँ प्रहरी र कमाण्डर भित्र पसेका छन्। उनीहरूले भित्र रहेका मानिसलाई राष्ट्रपति भवनबाहिर निकालेर खेदाएका छन्।

यसक्रममा आफ्ना भिडियो पत्रकारमाथि समेत कुटपिट भएको बीबीसीले बताएको छ। एक सैनिकले पत्रकारको मोबाइल खोसेका छन्। पत्रकारको मोबाइलबाट सैनिकले भिडियोसमेत डिलिट गरिदिएको बीबीसीले जनाएको छ।

सेनाको यो कारबाही रनिल विक्रमसिंघे राष्ट्रपति बनेपछि भएको हो। पूर्वराष्ट्रपति गोटावाया राजापाक्षे देश छाडेपछि रनिल राष्ट्रपतिमा निर्वाचित भएका हुन्। यसअघि महिन्द्रा राजापाक्षेको राजीनामापछि उनी प्रधानमन्त्री बनेका थिए।

श्रीलंकामा जारी आन्दोलन एक महिना वा एक हप्ता पुरानो होइन। यस वर्षको सुरुदेखि नै श्रीलंकामा आम जनताको प्रदर्शन सुरु भएको थियो। आर्थिक संकट र दैनिक आवश्यकताहरू पूरा गर्न चाहने मानिसहरू यस वर्षको सुरुमा सडकमा आएका हुन्।

प्रदर्शन अप्रिलमा उग्र बन्यो। त्यहाँ संकटकालको घोषणा गरियो। जुलाईमा त प्रदर्शनकारीहरू राष्ट्रपति भवनभित्रै प्रवेश गरे। एक ठूलो वर्गले देशको वर्तमान अवस्थाको लागि राजापाक्षे प्रशासनको गलत नीतिलाई दोष दिन्छ। विक्रमासिङ्घेलाई पनि यो समस्याको ठूलो कारक मानिन्छ। रनिल विक्रमासिङ्घेले राष्ट्रपति चुनाव जितेको दिन सडकमा विरोध गर्नेको संख्या त्यति थिएन। सडकमा केही आन्दोलनकारी मात्रै थिए।

रनिल विक्रमासिङ्घेले सपथ लिनेबित्तिकै सरकार ढाल्ने वा सरकारी भवन कब्जा गर्ने प्रयास लोकतन्त्र नभएको स्पष्ट पारेका थिए। उनले यस्ता घटना र गतिविधिमा संलग्नलाई कुनै पनि हालतमा उन्मुक्ति नदिने र कडाइका साथ कारबाही गरिने चेतावनी समेत दिएका थिए।

नवनियुक्त राष्ट्रपति रनिल विक्रमासिङ्घेले देशमा जतिसक्दो चाँडो राजनीतिक स्थिरता ल्याउने लक्ष्य राखेका छन्। राजनीतिक स्थायित्व आएपछि मुलुक सबैभन्दा ठूलो संकट अर्थात् आर्थिक संकटसँग जुध्ने प्रयासमा अगाडि बढ्न सक्नेछ।

राजनीतिक स्थायित्व आएपछि मात्र श्रीलंकाले बेल आउट प्याकेजका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषसँग वार्ता गर्न सक्नेछ। यस अन्तर्गत श्रीलंकाले तीन अर्ब डलर माग गर्ने अनुमान गरिएको छ।

श्रीलंकामा महिनौंदेखि सरकारी विरोध प्रदर्शन भइरहेका छन् किनभने देशले स्वतन्त्रतापछिको सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ। मुलुकमा खाद्यान्न, इन्धन र अन्य आधारभूत आवश्यकताको चरम अभाव छ।

जुलाई दोस्रो हप्ता हजारौं प्रदर्शनकारीले राष्ट्रपति राजापाक्षे र प्रधानमन्त्री विक्रमासिङ्घेको राजीनामा माग गर्दै कोलम्बोको सडकमा जुलुस निकालेका थिए।

kumari

प्रकाशित: Jul 22, 2022| 10:17 शुक्रबार, साउन ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।