काठमाडौं- पछिल्लो दुई दिन लगातार घटेको सुनको मूल्य आज भने बढेको छ। आज प्रतितोला रु नौ सयले बढेर रु एक लाख ४९ हजार छ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
आज चाँदीको मूल्य प्रतितोला रु १० ले बढेर रु एक हजार आठ सय ३० कायम भएको छ।
                                                               
                                                                    
                                                                प्रकाशित: Nov 27, 2024| 12:17  बुधबार, मंसिर १२, २०८१