शनिबार, वैशाख १२, २०८३

अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना भाइरसको संक्रमण भएको छ। उनलाई संक्रमण भएको ह्वाइट हाउसकी प्रवक्ता करिन जीन–पियरेले पुष्टि गरेकी छन्।
 |  शुक्रबार, साउन ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ६, २०७९

National life
kumari

काठमाडौं- अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना भाइरसको संक्रमण भएको छ। उनलाई संक्रमण भएको ह्वाइट हाउसकी प्रवक्ता करिन जीन–पियरेले पुष्टि गरेकी छन्।

कोरोना संक्रमण भएपछि राष्ट्रपति बाइडेन आइसोलेसनमा बसेर काम गरिरहेको ह्वाइट हाउसले जनाएको छ। बाइडेनलाई मध्यम खाले लक्षण देखिएको र एन्टीभाइरल औषधी लिइरहेको बताइएको छ।

७९ वर्षीय राष्ट्रपति बाइडेनमा कोरोनाको हल्का लक्षण देखिएको छ र उनले आफ्नो सबै काम गरिरहेको ह्वाइट हाउसले जनाएको छ। राष्ट्रपति बाइडेनकी पत्नी जिल बाइडनको पीसीआर परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ।

सीएनएनका अनुसार राष्ट्रपति बाइडेनले यसअघि नै कोरोना भाइरसको कोभिड खोपको बुस्टर डोजसमेत लगाइसकेका छन्।

प्रकाशित: Jul 22, 2022| 07:14 शुक्रबार, साउन ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।